मधेश प्रदेश–औद्योगिक सम्मेलन आयोजना, बारा–पर्सा उद्योग संघ गठन

आर्थिक बृद्धि एवं लगानीको विषयलाई केन्द्रित गरी मधेश प्रदेशमा औद्योगिक सम्मेलन आयोजना गरिएको छ । मधेश प्रदेश सरकार, नेपाल उद्योग परिसंघ र यूकेएड सीप परियोजनाको संयुक्त आयोजनामा औद्योगिक सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा नेपाल उद्योग परिसंघले बारा–पर्सा उद्योग संघ गठन गरेको घोषणा गर्यो । संघको अध्यक्ष विरेन्द्र संघाई रहनुभएको छ । परिसंघले संगठन विस्तार गर्ने क्रममा बारा–पर्सा उद्योग संघ गठन गरेको हो ।
बाराको सिमरामा आयोजित औद्योगिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले उद्योगमैत्री वातावरण नै प्रदेशको समृद्धिको मुल आधार भएको बताउनुभयो । उद्योगमैत्री वातावरण बिना प्रदेश वा देशको समृद्धिको परिकल्पना गर्न नसकिने उहाँले बताउनुभयो ।
उद्योगहरुको स्थापना देखी संचालनसम्म उत्पन्न विभिन्न समस्यालाई समाधान गर्न प्रदेश सरकार एकद्वार प्रणालीमार्फत अघि बढेको भन्दै उहाँले विरंगंजमा उद्योग विभाग स्थापनाको निर्णय सरकारले गरेको जानकारी गराउनुभयो । उहाँले प्रदेशमा रोजगारी बढाउन उद्योगीहरुलाई आग्रह गर्नुभयो । “सबै भन्दा बढी मानव जनशक्ति विदेश जाने प्रदेशको रूपमा मधेश प्रदेश रहेको छ ।
सम्मेलनमा नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले मधेश प्रदेशका उद्योगीले अन्य प्रदेशमा बिजुली उत्पादन गरेर मधेश प्रदेशमा ल्याउन सक्ने बताउनुभयो । त्यसका लागि पावर ह्लीङलगायतको व्यवस्था आवश्यक पर्ने उहाँले बताउनुभयो । उहाँले अन्य प्रदेशका विद्युत उत्पादकसँग मधेश प्रदेशका उद्योगहरुले सोझै विद्युत खरिद गर्न पाउने गरी व्यवस्था मिलाउन उहाँले आग्रह गर्नुभयो ।

Spread the love