महिन्द्रा मनसुन सर्भिस क्याम्प देशव्यापी शुरु हुँदै

साउन १३, काठमाडौं । भोली अर्थात साउन १४ देखि महिन्द्रा मनसुन सर्भिस क्याम्प आयोजना हुने भएको छ । महिन्द्रा फोर व्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवर्कस्ले यही साउन १४ र १५ गते देशव्यापी रुपमा महिन्द्रा मनसुन सर्भिस क्याम्प आयोजना गर्न लागेको हो ।

महिन्द्राका सम्पूर्ण फोर व्हीलर गाडीहरुको ३०–पोइन्ट चेकअपलाई प्राथमिकता दिँदै आयोजना गर्न लागिएको यस सर्भिस क्याम्पमा ग्राहकहरुले आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुको सेवा सुविधालाई मध्यनजर गरिएको यस सर्भिस क्याम्पमा गाडीको ३०–पोइन्ट चेकअप मार्फत सवारीको अवस्था सम्पूर्ण रुपमा उत्कृष्ट रहेको जानकारी पाउन सकिने कम्पनीले जनाएको छ । महिन्द्राका सबै गाडीहरुमा यो सेवा उपलब्ध हुने बालाजु अटोवर्कस्ले जनाएको छ ।

 

 

Spread the love