महिला उद्यमीका लागी सरकारले विशेष सहुलियत ल्याउनुपर्ने महिला उद्यमीहरुको माग

महिला उद्यमीहरुकाले राजनीतिक आर्थिक अधिकार पाए पनि कार्यान्वयन फितलो हुँदा महिलाहरू लाभान्वित हुन नसकेको गुनासो गरेका छन् । नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले महिलालाई आर्थिक रुपले सक्षम नबनाइ कानुनी अधिकारको पूणर् उपयोग हुन नसक्ने बताएकी हुन् । अन्तराष्ट्रिय नारी दिवशको अवसरमा आयोजित एक कार्यक्रममा अध्यक्ष श्रेष्ठले त्यस्तो बताएकी हुन् । अध्यक्ष श्रेष्ठले महिलाहरूले गर्ने व्यवसायमा कर छुट तथा सहुलियतपूणर् ऋणको व्यवस्था गर्न माग समेत गरिकी छिन् ।
नेपालका लागि युरोपियन डेलिगेसनकी प्रमुख नोना डेप्रेज, श्रीलंकाका राजदूत हिमाली सुभासिनी अरुना तिलका र अस्ट्रेलियन राजदूत फेलिसिटी जेनिभल्क पनि कार्यक्रममा उपस्थित थिए । कार्यक्रममा उपराष्ट्रपति पुनले नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित तीन दिने ट्रेड फेयरको उद्घाटन गरेका थिए ।

Spread the love