माघ १९ गतेदेखि विराटनगरमा सिएनआई एक्स्पो २०२३ हुँदै

नेपाल उद्योग परिसंघ प्रदेश १ ले विराटनगरमा माघ १९ गतेदेखि २८ गतेसम्म सिएनआई एक्स्पो २०२३ आयोजना गर्ने भएको छ । नेपाल उद्योग परिसंघ प्रदेश १ ले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै माघ १९ गतेदेखि २८ गतेसम्म हाइड्रो,पर्यटन,स्वास्थ्य,शिक्षा र कृषिसँग सम्बन्धित व्यापार मेला सिएनआई एक्स्पो २०२३ आयोजना गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रदेश १ परिसंघका सदस्य गिरिजा सार्दले अन्य एक्स्पो भन्दा सिएनआई एक्स्पो २०२३ फरक ढङ्गले गर्न खोजेको बताउनु भयो । उहाँले एक्स्पो कुनै एउटा क्षेत्र मात्रै नभएर धेरै क्षेत्रलाई समेटेर प्रदेश नम्बर समग्रमा ठूलो एक्स्पो आयोजना गर्न लागेको बताउनु भयो । उहाँले एक्स्पोमार्फत उद्योग परिसंघमा एउटा क्षेत्रको मात्रै संग्लनता रहेको छैन समग्र सबै क्षेत्रको सहभागिता रहेको देखाउन खोजिएको बताउनु भयो । उहाँले एक्स्पोमा भारतीयहरुलाई समेत बोलाउने प्रयास भइरहेको बताउनु भयो । उहाँले मेलामा करिव ४ हजार मानिसहरुलाई सहभागिता गराउने उद्देश्य रहेको बताउनु भयो । उहाँले मेलामा ५० करोड भन्दा बढीको व्यापार हुने अपेक्षा रहेको बताउनु भयो ।
उहाँले एक्स्पो १० दिनसम्म हुने बताउनु भयो । उहाँले मेलामा ३५० वटा स्टलहरु राखिने बताउनु भयो । स्टलहरुमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने आयोजकले जनाएको छ ।

Spread the love