मौद्रिक नीतिको समिक्षामा व्यवस्थाका गरेको नीतिले निजी क्षेत्र निराश

मङ्सिर १३ , काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामा व्यवस्थाका गरेको नीतिले निजी क्षेत्र निराश भएको बताउनु भएको छ ।

अध्यक्ष गोल्छाले कोरोना महामारीबाट प्रभावित उद्योग व्यवसाय पुनरुत्थान गर्ने गरी थप राहतका प्याकेज मौद्रिक नीतिको समिक्षाले व्यवस्था गर्ने अपेक्षा थियो तर, त्यस्तो प्याकेजहरु नआउँदा नीजि क्षेत्रमा निराशा छाएको बताउनुभयो । यसले सरकारले लिएको ७ प्रतिशतको आर्थिक बृद्धिदरमा असर पार्नसक्ने बताउनुभयो ।

अध्यक्ष गोल्छाले कोरोना महामारीले मुलुकको अर्थतन्त्र शिथिल बनाएको बताउनुभयो । तर, यति ठूलो चुनौतीको बीचमा पनि मुलुकको अर्थतन्त्र पहिले कै गतिमा ल्याउन उद्योगी ब्याबसायी सफल भएको बताउनुभयो । उहाँले नीजि क्षेत्रले ठूलो चुनौती सामाना गरेर लगानी गरेको कारण अहिले अर्थतन्त्र आधारभूत रुपमा बलियो बन्दै गएको उल्लेख गर्नु भयो । अध्यक्ष गोल्छाले नीजी क्षेत्र सरकारले सहयोग गरे कोरोना महामारीले निम्त्याएको जोखिम मोल्न तयार रहेको बताउनु भयो ।

नेपाल राष्ट्र बैंकले गत शुक्रबार चालु आर्थिक वर्ष २०७८/७९को मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गरेको छ । मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो २०७९ असार मसान्तसम्ममा निर्धारित सीमाभित्र कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई राष्ट्र बैंक समक्ष पेश गरी सोको कार्यान्वयन गर्नुपर्ने नयाँ व्यवस्था गरेको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्र्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म मात्र लिन सक्ने व्यवस्थामा पनि परिर्माजन गरको छ ।

Spread the love