युरोपियन युनियनले नेपालको हवाई क्षेत्रलाई छिट्टै कालो सूचीबाट हटाउने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपियन युनियनले नेपालको हवाई क्षेत्रलाई छिट्टै कालो सूचीबाट हटाउने बताउनुभएको छ । आईतवार नेपाल नागरिक उडड्यन प्राधिकरणले आयोजना गरेको ‘आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम सम्बन्धी पत्रकार भेटघाट कार्यक्रम’मा बोल्दै मन्त्री श्रेष्ठले छिट्टै नेपाललाई युरोपियन युनियनले कालो सूचीबाट हटाउने बताउनुभएको हो । उहाँले आईकाओले गरेको अडिट अनुसार नेपालको हवाई क्षेत्र राम्रो रहेको बताउनु भयो । उहाँले सम्बन्धित पक्षले नेपाल नागरिक उडड्यन प्राधिकरणलाई पत्राचार गरेर अनसाइट अडिट पठाउँछौ भनिसकेको उल्लेख गर्दै त्यसपछि नेपाल कालोसूचीबाट हट्ने बताउनु भयो ।

उहाँले भैरहवा विमानस्थललाई पूणर् रुपमा सञ्चालन गरिने बताउनु भयो । त्यसका लागि नयाँ विमानहरुलाई आकर्षित गर्ने र सुविधाहरु दिइने उहाँको भनाई छ । त्यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि जहाजहरु बढाएर पूणर् रुपमा सञ्चालन गरिने उल्लेख गर्नुभयो ।

मन्त्री श्रेष्ठले विमानस्थललाई समृद्ध बनाउनु आवश्यक रहेको बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थललाई सुदृढ, व्यवस्थित र प्रभावकारी बनाइने स्पष्ट पार्नुभयो ।

Spread the love