यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा

भ्रमणकारी टोली संयुक्त अरब एमिरेट्स (युएई) लाई आईसिसी विश्वकप लिग-२ को अन्तम खेलमा डकवर्थ लेविस पद्धतिको आधारमा ९ रनले पराजित गर्दै नेपालले सिधै विश्वकप छनोटमा स्थानमा बनाएको छ । लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाको अन्तिम खेलमा युएईलाई हराउँदै शीर्ष तीन अटाउँदै विश्वकप छनोट खेल्न योग्य भएको हो । विश्वकप छनोट आगामी जुन र जुलाईमा जिम्बाबेमा हुनेछ । जिम्बाबेमा हुने छनोट खेलमा नेपालले अब टेस्ट मान्यता राष्ट्रसहित अन्य देशसँग छनोट खेल खेल्नेछ । छनोटमा कुल १० टोली हुनेछन् । विश्वकप छनोटमा सुपर लिग-२ का पुछारका पाँच टोली, लिग-२ का शीर्ष तीन टोली नेपाल, ओमान र स्कटल्याण्ड र प्लेअफ क्वालिफायरमा शीर्ष दुई टोली गरि कुल १० टोली हुनेछन् ।
बिहीवार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीवार सम्पन्न खेलमा युएईले प्रश्तुत गरेको ३ सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६९ रन बनाएको अवस्थामा खेल रोकिएको थियो । नेपालले खराब प्रकाशका कारण खेल डकवर्थ लेविस पद्धतिको आधारमा खेल जितेको हो । जवाफी ब्याटिङ गर्दा कमजोर शुरुवात भएको नेपालको इनिङलाई भीम सार्कीले सम्हालेका थिए । सर्वाधिक ६७ रन बनाउने क्रममा उनले ७६ बलमा नौ चौकाको मद्दतमा सर्वाधिक ६७ रन बनाए । यस बाहेक आरिफ शेखले ५२ रनको अर्धशतकीय पारी खेल्दा ६२ बलमा दुई चौका प्रहार गरे । यस्तै अर्को अर्धशतकीय पारी खेल्ने क्रममा गुल्सन झाले ४८ बलमा चार चौका र दुई छक्काको मद्दतमा अविजि एक दिवसीयमा पहिलो अर्धशतक बनाउँदा ओपनर कुशल भुर्तेलले ३५ बलमा चार छक्का र तीन चौकाको मद्दतमा ५० र दीपेन्द्रसिंह ऐरीले अविजित १० रनको पारी खेले ।
खेलमा भीम र आरिफ शेखले पाँचौं विकेटका लागि ८३ रनको साझेदारी गरे । यसैगरी भीमले चौथो विकेटका लागि कुशलसँग ६१ रनको साझेदारी गरेका थिए । युएईका लागि जुनैद सिद्धिकीले तीन आयन अफ्जल खानले दुई तथा जाहुर खानले एक/एक विकेट लिए ।
त्रिवि मैदानमा यसअघि टस जितेर ब्याटिङ रोजेको युएईले पूरै ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १० बनाएको थियो । युएईका लागि आसिफ खानले बिस्फोटक इनिङ खेले । आसिफले ४२ बलमा ११ छक्का र ४ चौकाको मद्दतमा अविजित १ सय १ जोडे । यसैगरी भृत्य अरविन्दले १ सय ३८ बलमा ८ चौका र २ छक्काको मद्दतमा ९४, कप्तान मोहम्मद वसिमले ४९ बलमा ६ छक्का र दुई चौकाको मद्दतमा ६३ र रोहन मुस्ताफाले २० रन बनाए । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई तथा सन्दीप लामिछाने, सोमपाल कामी र ललितनारायण राजवंशीले समान एक/एक विकेट लिए ।
यस जितसँगै नेपालल लिग-२ ३६ खेलबाट ४० अंक बटुल्दै शीर्ष तीनमा स्थान बनायो । नेपालले चौथो स्थानको नामिबियालाई एक अंककले पछि पार्दै स्थान सुधार गरेको हो । पराजय व्यहोरेको युएई भने समान खेलबाट ३३ अंकका साथ छैटौं स्थानमा रह्यो । लिग-२ मा सात राष्ट्रले प्रतिष्पर्धा गरेका थिए ।

Spread the love