रसुवागढी र तातोपानी नाकाबाट आयात निर्यात सुचारु गर्ने

अत्यावश्यक सामाग्री भित्राउने

सरकारले रसुवागढी र तातोपानी नाकाबाट आयात निर्यात सुचारु गर्ने भएको छ । कोरोना संक्रमणको जोखिमका कारण घोषणा गरिएको लकडाउन र सिमा सिलका विच सरकारले चीनको रसुवागढी र तातोपानी नाकाबाट सामान आयात गर्न दिर्ने निर्णय गरेको हो । कोभिड–१९ बुधबार संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सो निर्णय गरेको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको सो समन्वय समितिले स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनको रसुवागढी र तातोपानी नाकाबाट सामान आयात निर्यात कार्य सुचारु गरिने निर्णय गरेको जनाएको छ । र सो आयात निर्यात सुचारु गर्न आवश्यक समन्वय भने गृह र अर्थ मन्त्रालयले गर्ने गरि निर्णय गरिएको छ ।

Share on Facebook Tweet it Share on Google Pin it Share it Email

Spread the love