राजनीतिक दलको उम्मेदवार तथा प्रतिनिधि बने कारबाही गर्ने त्रिविको चेतावनी

पुष ८,काठमाडौं ।  त्रिभुवन विश्व विद्यालयले आफ्ना शिक्षक तथा कर्मचारीलाई राजनीतिकदलको उम्मेदवार तथा प्रतिनिधि बने कारवाही चेतावनी दिएको छ ।

विभिन्न राजनीतिक पार्टीको महाधिवेशनमा प्रतिनिधिको रूपमा भाग लिएको भनी समाचारहरू सार्वजनिक भएको भन्दै त्रिविले त्यस्ता कर्मचारी तथा शिक्षकलाई विभागीय कारबाही अघि बढाउने चेतावनी दिएको छ । त्रिभुवन विश्व विद्यालय शिक्षक कर्मचारी सेवा सम्बन्धी नियमले राजनीतिक निर्वाचनमा उम्मेदवार हुन वर्जित गरेको त्रिवि कर्मचारी प्रशासन महाशाखाले सार्वजनिक सूचना मार्फत सचेत गराएको छ ।

‘विश्वविद्यालय सेवामाकार्यरत पदाधिकारी, प्रचलित कानुनअनुसार राष्ट्रसेवकको परिभाषाभित्र पर्ने भएकोले त्यसरी निर्वाचनमावामहाधिवेशनमावाविधानअधिवेशनमाप्रतिनिधिको रूपमाभागलिने कार्य विश्वविद्यालयको नियम र राजनीतिक दल सम्बन्धी ऐनको विपरीत हुने भएकोले त्यस्तो कार्यमा सहभागीवा संलग्ननहुनहुन सूचितगरिन्छ’, त्रिविले भनेको छ, ‘अन्यथात्यस्तो कार्यमा संलग्नभएको प्रमाणित हुनआएमात्रि.पि. नियमअनुसार विभागीयकारबाहीको प्रक्रिया अगाडि बढाइने कुरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’

Spread the love