राष्ट्रपति भण्डारीद्धारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै

सरकारले करिव ८५ प्रतिशत नागरिकलाई कोभिड खोपको पूणर् मात्रा लगाई सकिएको जनाएको छ । राष्ट्रपति विद्या भण्डारीले मंगलबार संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत गर्नु भएको सरकारको आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रममा सो तथ्यांक उल्लेख गरिएको हो । उहाँले भन्नु भयो ‘सरकारको कोभिड महामारीको नियन्त्रण, रोकथाम र उपचारका लागि हरसम्भव प्रयास गरेको छ । हालसम्म लक्षित जनसंख्याको करिव ९६ प्रतिशतलाई पहिलो र ८५ प्रतिशतलाई पूणर् मात्रा खोप लगाई सकिएको छ । त्यसैगरी करिव ३८ लाख नागरिकलाई खोपको अतिरिक्त मात्रा लगाई सकिएको छ । स्वास्थ्य पूर्वाधार, औषधि, अक्सिजन, स्वास्थ्य सामग्री र जनशक्ति व्यवस्थापनमा तीनै तहका सरकारहरु परिचालित भएका छन ।’ राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहनु भएको छ ।

Spread the love