लुम्बिनीमा बढ्दै चहलपहल

असोज १७,काठमाडौं । कोरोना संक्रमणको जोखिम सँगै बन्द भएका धार्मिक आस्थाका केन्द्रहरुमा बिस्तारै खुल्न थालेका छन् । बौद्धमार्गीहरुको आस्था र श्रद्धाको केन्द्र रहेको लुम्बिनीमा आन्तरिक र बाह्य पर्यटकको विस्तारै चहलपहल सुरुभएको छ ।

गएको साउनदेखि नै लुम्बिनी क्षेत्र खुला गरिए पनि नेपाल सरकारले अनअराइभल भीसा खुला नगरेको कारण नेपाल बाहिरका पर्यटक आउन सकेका थिएनन् । अहिले आन्तरिक पर्यटकको साथै विदेशी पर्यटक आउन थालेका छन् । लुम्बिनी विकास कोषको सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी भ्रमणमा आउने पर्यटककोे संख्या अहिले न्युन भए पनि नेपाल सरकारले अनअराइभल भीसा दिन सुरु गरेकाले अब पर्यटकको आगमन बढ्ने विस्वास गर्नुभयो । नेपाल सरकारले तय गरेको स्वास्थ्य मापदण्ड पालना गराउने गरि भ्रमणमा आउनेको ब्यबस्थापन गरिने सदस्य सचिव शाक्यले बताउनुभयो ।

लुम्बिनी विकाश कोषले विश्व पर्यटन दिवशको दिन लुम्बिनी क्षेत्र खुला रहेको सन्देश विश्वभरि पठाएको जानकारी दिएको छ । लुम्बिनीलाई कोरोना संक्रमणको जोखिमबाट मुक्त गराउँदै पर्यटकलाई आकर्षित गर्नका लागि कोषले कोरोना विकास निर्माण, सरसफाई र मर्मत सम्भारको काम निरन्तर रुपमा गरिरहेको सदस्य सचिव शाक्यले बताउनुभयो ।

कोषले अहिले नहर पोखरीमा पानी राख्ने, बगैंचाहरुको मर्मत तथा सरसफाइको काम गरिरहेको छ । पर्यटकलाई आकर्षित गर्न लुम्बिनी विकास कोषमात्र नभइ यहाँका होटल व्यवसायीहरु पनि काम गर्नुपर्नेछ । पर्यटकहरुको लागि होटल व्यवसायीहरु र लुम्बिनी विकास कोषको संयुक्त कार्यक्रम प्याकेज आउन सकेमा कोरोनाले थलिएको ब्याबसाय माथि उठ्न समय लाग्दैन ।

Spread the love