वाणिज्य विभागको महानिर्देशकमा प्रेमकुमार श्रेष्ठ नियुक्त

मङ्सिर ६, काठमाडौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकमा प्रेमकुमार श्रेष्ठ नियुक्त भएका छन् ।

पद खाली भएको डेढ महिनापछि मन्त्रालयले श्रेष्ठलाई महानिर्देशकका पदमा नियुक्त गरेको हो । तत्कालिन प्रमुख प्रकाश पौडेल आन्तरिक राजश्व विभाग गएपछि महानिर्देशकको पद खाली रहेको र श्रेष्ठले आइतबार बाटै जिम्मेवारी सम्हालेको जनाइको छ ।

Spread the love