वायुसेवा सञ्चालक संघले बुधवारबाट उडान सेवा बन्द गर्ने

वायुसेवा सञ्चालक संघ, नेपालले बुधवारबाट लागू हुनेगरी संघसँग आवद्ध हेलिकोप्टर तथा हवाई सेवा कम्पनीहरुले प्रदान गर्दै आएका आपत्कालीन उडान सेवा बन्द गर्ने भएको छ । मंगलवार काठमाडौंमा आायेजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो । वायु सेवा सञ्चालक संघ, नेपालले विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्याण्डिङ, पार्किङ, नेभिगेशन लगायतका सम्पूणर् शुल्कवृद्धि फिर्ताको माग गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको श्रृजित समस्या र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणले पनि संघले गरेका गुनासाप्रति उदासिन भएको भन्दै आपत्कालीन उडान सेवा बन्द गर्ने जनाएको छ । यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले असार ५ गते हवाई जहाज सञ्चालक कम्पनीले तोकिएको आधार (अप्रेटिङ बेस) विमानस्थलमा रात्री बिसान गरी पहिला उडान सोही विमानस्थलबाट गर्ने र हेलिकोप्टर कम्पनीले पनि तोकिएको आधार विमानस्थलमा विसान गरी पहिलो उडान सोही वमानस्थलबाट गर्ने निणर्यप्रति आपत्ति जनाएको संघका प्रवक्ता योगेन्द्र कँडेलले बताउनु भयो । उहाँले यो निणर्य सम्बन्धित हवाई सेवा कम्पनीहरुसँग छलफल नगरी भविष्यमा आउने समस्याप्रति बेवास्ता गरिएको पनि बताउनु भयो । प्रवक्ता कँडेलले प्राधिकरणको यस निणर्यका कारण वायुसेवा कम्पनीबाट प्रदान गरिने सेवामा समस्या र निजी क्षेत्रबाट गरिएको ठूलो लगानी डुब्ने बताउनु भयो । संघले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकोप्टर सञ्चालनका लागि दीर्घकालिन हेलिप्याड मर्मत, सम्भारका लागि ह्यांगर लगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनु पर्ने माग गरेको छ ।
संघ अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपालको एभिएशन इण्डस्ट्रीले आफ्नो बेनिफिटभन्दा माथिको सेवा दिएपनि सरकार र प्राधिकरणले इतिहासमै पहिलोपटक दमनकारी प्रवृति देखाएको आरोप लगाउनु भयो । उहाँले प्राधिकरणले भनेका कुराहरुलाई मान्दा पनि ट्रक, टेम्पो व्यवसायी गरेजस्तो व्यवहार वायुसेवा सञ्चालकसँग गरेको बताउनु भयो ।
अध्यक्ष थापाले पोखरा र भैरहवामा रहेको विमानस्थलको घाटालाई पूर्ति गर्न नागरिकमाथि भारी बोकाइएको आरोप लगाउनु भयो । संघले हालसम्म भइरहेको व्यवस्थाअनुसार त्रि.अ.वि. लगायतका विमानस्थलहरुबाट सम्पूणर् विमान सेवा कम्पनीहरुले बिना अवरोध सेवा यथावत सञ्चालन गर्न पाउनुपर्ने, नेपाललाई युरोपियन युनियनको हवाई सुरक्षाको सूचीबाट हटाउनको लागि नेपाल सरकार तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट यथाशीघ्र पहल गरिनुपर्ने र त्रि.अ.वि. परिसरमा नियमानुसार त्रि.अ.वि.बाट स्व्ीकृत प्राप्त गरी विमान सेवा कम्पनीहरुले निर्माण गरी हवाई सेवाका लागि प्रयोग गरिरहेको स्थान तथा संरचनालाई यथावत राखि प्रयोगका लागि निरन्तरता प्रदान गरिनुपर्ने माग राखेको छ ।

Spread the love