विद्युतीय उर्जामा सरकारले चासो नदिए मुलकको अवस्था भयावह हुन्छः कार्यकारी निर्देशक थानी

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले सरकारले उर्जाको व्यवस्थापनमा चासो नदिए मुलुक भयावह अवस्थामा पुग्ने चेतावनी दिनुभएको छ । बुधवार राष्ट्रिय संसदअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले विश्वभर नै इन्धनको मूल्य बढीरहेको र विकसित मुुलुक पनि त्यसको चपेटामा परेकोले तत्काल उर्जा व्यवस्थापनमा गम्भीर नबने मुलुक आर्थिकरुपमा पनि ठूलो समस्यामा फस्ने दाबी गर्नुभएको होे । उहाँले श्रीलंकले आफ्नो अवस्थाबारे जनतालाई जनकारी नगराएका कारण आर्थिक संकट व्यहोर्नुपरेको भन्दै नेपालले पनि बेलैमा देशको आर्थिक अवस्थाबारे जनतालाई सुसुचित बनाउनुपर्ने बताउनु भयो । कार्यकारी निर्देशक थानीले अहिलेको विद्युत महशुल तिरेर कसैले इण्डक्शन चुलो नबाल्ने भन्दै भएको महशुललाई घटाएर सरकारले नागरिकलाई विद्युतीय सामग्रीको प्रयोगमा प्रोत्साहन दिनुपर्ने बताउनु भयो ।
उहाँले नेपाल विद्युत प्राधिकरणले दिएको महशुल भन्दा एलपी ग्यास सस्तो पर्ने अवस्था रहेको पनि स्मरण गराउनु भयो । कार्यकारी निर्देशक थानीले गत वर्षको चैतमा वैशाखमा ३५ हजार मेट्रिक्टन एलपी ग्यास आयात भएको, यस वर्षको वैशाखमा ४५ हजार र जेठमा ४८ हजार मेट्रिक्टन एलपी ग्यास आयात भइसकेको बताउनु भयो । एलपी ग्यासको खपत दिनप्रतिदिन बढीरहेकोले देशमा डरलाग्दो अवस्था सिजर्ना भइरहेको बताउनु भयो । उहाँले नेपाल आयल निगम प्रति सिलिण्डर ७५१ रुपैयाँ घाटा खाएर एलपी ग्यास बिक्री गर्न बाध्य भइरहेको भन्दै उर्जा व्यवस्थापन कार्यलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताउनु भयो ।
कार्यकारी निर्देशक थानीले मुलुकको अर्थतन्त्रको विषयमा गम्भीर भएर सोच्नुपर्ने बेला आएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । समितिको बैठकमा सांसदहरुले विद्युतीय उर्जालाई प्रोत्साहन गर्न सरकारले विद्युतको महशुलमा कम गर्न आवश्यक रहेको बताएका छन् ।

Spread the love