विमानस्थलबाट मौसमसम्बन्धी अनुमति लिएर मात्रै उडान गर्नसक्ने निर्णय

नेपाल नागरिक उड्डयन प्राधिकरणले अबदेखि विमानस्थलबाट मौसमसम्बन्धी अनुमति लिएर मात्रै उडान गर्नसक्ने निर्णय गरेको छ । जेठ १५ गते पोखराबाट जोमसोम उडान गरेको तारा एयरको विमान दुर्घटना भएसँगै विमानले यस्तो निर्णय गरेको हो । यसअघि मौसमसम्बन्धी विमानस्थलबाट लिनुपर्ने कानूनी बाध्यता थिएन । नेपाल नागरिक उड्डयन नियमावली २०५८ को परिच्छेद १० मा यो अधिकार प्रमुख चालकलाई हुने प्रावधान थियो । तर अब भने चालकमाथिको अधिकार विमानस्थल प्रमुख र त्यहाँका टावरहरुलाई दिने निणर्य भएको प्राधिकरणमा प्रवक्ता चन्द्रलाल कणर्ले बताउनु भयो । उहाँले भीएफआर उडानको सन्दर्भमा यसअघि प्रस्थान विमानस्थल र गन्तव्य विमानस्थलहरुको मौसमको आधारमा उडानको अनुमति दिने गरिएको भएपनि अब प्रस्थान र गन्तव्यसम्मको एयररुटको मौसम सफा भएमा मात्र उडान भर्न सकिने व्यवस्था गरिएको बताउनु भयो ।  उहाँले आइकीओको डकुमेण्ट र नेपालबाट प्रतिवादित कानूनहरुले भीएफआर फ्लाइट क्लाउडमा पस्नुहुँदैन भनेको तर पछिल्ला केही घटनाहरुलाई नियाल्दा विमानहरु क्लाउडमा बादलभित्र पसेको पाएकाले भीएफआर जहाजहरु बादलभित्र नपसुन् भन्ने हेतुले यो अधिकार विमानस्थललाई दिएको स्पष्ट पार्नुभयो ।
प्रवक्ता कणर्ले नेपालका थुप्रै विमानस्थलहरुमा जल तथा मौसम विज्ञान विभागका युनिटहरु कार्यरत रहेको र उनीहरुकै सुझावका आधारमा उडान भर्ने गरेको पनि स्पष्ट पार्नुभयो ।

Spread the love