विहीवार सुनको मुल्यमा ५ सयले वृद्धि ,चाँदीको मुल्य पनि १० रुपैयाँले बढयो

असोज २१,काठमाडौं । विहीवार सुनको मुल्यमा ५ सयले वृद्धि भएको छ । बुधवार प्रतितोला ८९ हजार ९ सयमा कारोवार भएको सुनको मुल्य विहीवार प्रतितोला ९० हजार ४ सयमा कारोवार भइरहेको छ । विहीवार तेजावी सुनको मुल्य प्रतितोला ८९ हजार ९५० रुपैयाँमा कारोवार भइरहेको छ ।

विहीवार चाँदीको मुल्यमा १० रुपैयाले वृद्धि भएको छ  । बुधवार  प्रतितोला १ हजार १ सय ६०  रुपैयामा कारोवार भएको चाँदीको मुल्य विहीवार प्रतितोला १ हजार १ सय ७० रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love