शनिवारदेखि दुई दिने ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ’ हुँदै, १० सत्रमा ५ देशका ६० बक्ता सहभागी हुने

आइसिटी फाउण्डेशन नेपालको आयोजनामा यहि असार ४ र ५ गते (शनिवार र आइतबार) ह्वावे डिजिटल नेपाल कन्क्लेभ इन एसोसिएसन विथ इन्फो डेभलपर्स एण्ड कनेक्टेड बाई एनसेल कार्यक्रम आयोजना हुदैछ ।
द सोल्टी काठमाडौंमा आयोजना हुने दुई दिने कार्यक्रममा विभिन्न ५ देशका ६० बढि वक्ता तथा सबै सरोकारवालासहित ८ सय सहभागी हुँदैछन् । नेपालमा सूचना प्रविधिको क्षेत्रको विकास र विस्तारका लागि नीतिगत तथा कार्यन्वयनगत अवस्थाको विश्लेषण र भावी कदमबारे बहश गर्न आयोजित कन्क्लेभमा डिजिटल नेपाल सम्वन्धी विभिन्न ५ वटा थिममा १० बढि सेसनहरु सञ्चालन हुनेछन ।
कन्क्लेभमा ह्वावे सिंगापुरबाट इन्डस्ट्री एक्पर्ट प्याट्रिक लो, ओपन नेटवर्कका जिएम डा.पल्लब शाह, अमेरिकाबाट पारास्कोमा इंकमा केन एयरहर्ट लगायतको किनोट प्रस्तुती रहेको छ । यसैगरी नेपाल राष्ट्र बैकका गर्भनर महाप्रसाद अधिकारी, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत शुशिल भट्ट, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुष्ठ अर्याल, आइसिटी विज्ञ मनोहर भट्टराई र बैंकर अनिल शाहको किनोट प्रस्तुती रहेको छ । कार्यक्रमको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुहुनेछ भने कार्यक्रमको बिशिष्ट अतिथि र वत्ताको रुपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेका छन ।
कन्क्लेभका सेसनहरुमा पहिलो दिन किनोट प्रस्तुती र उद्घाटन पश्चात डिजिटल इन्फास्ट्रक्चर एण्ड कनेक्टिभिटीको सेसन रहेको छ । यसैगरी दोश्रो सेसनको रुपमा डिजिटल स्किल, ट्यालेन्ट पुल एण्ड डिजिटल वर्कफोर्स फर डिजिटल नेपाल सेसन रहेको छ । पहिलो दिनको तेस्रो सेसनको रुपमा डेटा ग्याप्स, ब्रिजिङ द डेटा इन टु द सेन्टर स्टेज सेसन रहेको छ भने पहिलो दिनको अन्तिम सेसन डिजिटल इकोनोमी एण्ड इन्भेष्टमेन्ट अपर्चुनिटी सेसन रहेको छ ।
दोस्रो दिन किनोट प्रस्तुतीसँगै इमर्जिङ टेक्नोलोजिज फर डिजिटल ट्रान्सफरमेशन, डिजिटल आन्टरप्रेनरसिप र साइबर सेक्युरिटी सम्वन्धी सेसनहरु रहेका छन । त्यसैगरी सोहि दिन डिजिटल फिनोभेसन एण्ड बियोण्ड फर डिजिटल सोसाइटी, बिउल्डिङ डिजिटल लिडरसिप र अन्त्यमा डिजटल रुपान्तरणको लागि अबको बाटो सम्वन्धी महत्वपुणर् सेसनहरु रहेका छन । कन्फ्रेन्स सेसनहरुसँगै डिजिटल नेपाल सम्वन्धी केहि प्रदर्शनी स्टलहरु प्नि रहनेछन भने ह्वावेले सोहि समयमा छुट्टै हलमा ॅलाइटिङ अप द फ्युचर’ नाममा फाइभजी लगायत नयाँ प्रविधिहरु प्रदर्शनी पनि रहेको आयोजकले जानकारी दिएको छ ।

Spread the love