शिक्षा क्षेत्रमा १ खर्ब ९७ अर्ब २९३ करोड रूपैयाँ बनेट विनियोजित,दिवा खाजालाई ८ अर्ब ४५ करोड

सरकारले दिवा खाजालाई ८ अर्ब ४५ करोड, जङ्क फुड दिन नपाइने व्यवस्था गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रश्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले दिवा खाजामा जङ्क फुड दिन नपाइने व्यवस्था गरेको बताउनु भयो । उहाँले सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिएको बताउनु भयो । उहाँले दिवा खाजाको कार्यक्रमलाई आगामी आर्थिक वर्षमा ८ अर्ब ४५ करोड विनियोजन गरिएको बताउनु भयो । अर्थमन्त्री महतले स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार उपलब्ध गराइने व्यवस्था मिलाइने समेत बताउनु भयो । उहाँले दिवा खाजा कार्यक्रमबाट करिव ३२ लाख विद्यार्थी लाभान्वित हुने अनुमान गरेको बताउनु भयो। त्यस्तै,सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब २९३ करोड रूपैयाँ विनियोजित गरेको छ । अर्थमन्त्री महतले सरकारले सबै विषय पढेकाले शिक्षण अनुमति पत्र लिन पाउने गरी कानूनमा व्यवस्था गर्ने घोषणा गर्नुभयो। उहाँले सबै विषय पढेकालाई शिक्षण अनुमतिपत्रको परीक्षा दिन पाउने कानूनी व्यवस्था गरिने बताउनु भयो । उहाँले शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजन गरिएको बताउनु भयो।

सडक निर्माण गर्दा स्वदेशी सिमेन्ट प्रयोग गर्नु पर्ने व्यवस्था
सरकारले स्वदेशी सिमेन्ट उद्योगहरुको प्रवर्द्धनका लागि सिमेन्टका ढलान सडकहरु निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले स्वदेशी सिमेन्ट उद्योगहरुको प्रवर्द्धनका लागि सिमेन्टका ढलान सडकहरु निर्माण गर्नु पर्ने बताउनु भयो । उहाँले आगामी आर्थिक वर्ष देखि स्वदेशी सिमेन्टका सडक बनाउने नीति अघि सारेको बताउनु भयो । उहाँले बलियो र टिकाउ सडक संरचना निर्माण गर्नुका साथै बिटुमिनको आयातमा कमी ल्याउन सकिने बताउनु भयो। उहाँले सरकारले ढुङ्गा र गिटी निकासी गर्न आधार तयार गर्न बताउनु भयो। उहाँले अर्थमन्त्री महतले विभिन्न ३६ वटा वस्तुमा दिँदै अनुदानमा ९० करोड रुपैयाँ विनियोजन गरेको बताउनु भयो ।

Spread the love