शेयर बजार परिसुचक नेप्से  १०४ दशमलव ८८ अंकले वृद्धि, ६ अर्ब भन्दा माथिको कारोवार

असोज ६,काठमाडौ ।शेयर बजार परिसुचक नेप्से  १०४ दशमलव ८८ अंकले बढेर २ हजार ८१६ दशमलव ९५ विन्दुमा पुगेको छ । त्यसैगरी ‘क’ वर्गका कम्पनिको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १९ दशमलव ४७ अंकले बढेर  ५२८ दशमलव १० विन्दुमा पुगेको छ ।

बैंकिङ्ग क्षेत्रको परिसुचक ३ दशमलव २८ प्रतिशत, विकास बैंक क्षेत्रको परिसुचक ७ दशमलव ७४प्रतिशत, वित्त क्षेत्रको परिसुचक ८ दशमलव ५४ प्रतिशत, होटल्स तथा पर्यटन क्षेत्रको परिसुचक ४ दशमलव १९ प्रतिशत र व्यापार क्षेत्रको परिसुचक ४ दशमलव ३३ प्रतिशतले बढेको छ ।

बुधवार  २१७ ओटा कम्पनीको १ करोड २१ लाख २२ हजार २९८ कित्ता शेयरको ७२ हजार ७१४ पटकमा रू. ६ अर्ब १७ करोड ९३ लाख बराबरको शेयर खरीदविक्री भएको छ । आज सबै भन्दा बढी कारोवार अरुण भ्याली हाइड्रोपावरको भएको छ । उक्त कम्पनीको रू. २३ करोड ३४ लाख ८५ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।

Spread the love