सबैले विद्युतिय सवारी साधन प्रयोग गरौँः कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले विद्युतिय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गर्नुभएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रवन्ध निर्देशक घिसिङले विद्युतिय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गर्नुभएको हो । उहाँले विद्युतमा गरिएको लगानी सँगसँगै विद्युत खपत पनि बढाउने कार्ययोजना रहेकाले सोही अनुरुप विद्युतिय सवारी साधनहरु आइरहेका बताउनु भयो । उहाँले पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनहरुभन्दा विद्युतबाट चल्ने सवारी साधन कयौँ गुणा सस्तो पर्ने बताउनु भयो । त्यस्तै विद्युतिय सवारी साधनको प्रयोगले प्रदुषण पनि घट्ने भन्दै उहाँले विद्युतिय सवारी साधन प्रयोग गर्नुको फाइदा मात्रै भएको बताउनु भयो । वातावरणिय र स्वास्थ्य सुरक्षाको दृष्टिले विद्युतिय सवारी साधन नै उपयुक्त भएको उहाँले बताउनु भयो ।
उहाँले नेपालमा बर्खायाममा पर्याप्त विद्युत रहेको भन्दै आगामी दुई वर्षभित्रमा हिउँदे याममा पनि विद्युत पुग्ने स्थिति हुने बताउनु भयो ।

Spread the love