सबै क्षेत्रलाई समेटेर मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा भएको छ ः नेपाल राष्ट्र बैंकका प्रवक्ता

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा व्यवसायी जगत र बैंक तथा वित्तिय क्षेत्रका सुझावहरुलाई मध्येनजर गरी तर्जुमा गरिएको बताउनुभएको छ । उहाँले वर्तमान मुलुकको अर्थतन्त्र परेको दबाब तथा व्यवसायीक वातावरण सहजता बनाउने गरी मौद्रिक नीतिमा नीतिगत व्यवस्था गरी सबैको सुझावलाई सम्बोधन गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको बताउनु भयो । मौद्रिक नीतिको समिक्षाको विषयमा प्रतिक्रिया दिँदै मुलुकको वर्तमान समग्र आर्थिक स्थितिमा दबाब रहेकाले त्यही अनुरुप मौद्रिक नीतिको समिक्षा आएको स्पष्ट पार्नुभयो । उहाँले अर्थतन्त्र दबाब हुँदाहुँदै पनि आन्तरिक आर्थिक क्रियाकलापलाई सहज बनाउन आवश्यक रहेको बताउनु भयो । प्रवक्ता भट्टले पछिल्लो असोज महिनाको अर्थतन्त्रको तथ्याङ्क अनुसार वाह्य दबाबमा सहजता देखिए पनि अन्य फण्डामेन्टल विषयहरुमा अझै अफ्ठ्यारो अवस्था रहेको बताउनु भयो ।
उहाँले राष्ट्र बैंकले पछिल्लो एक वर्षदेखि विनिमय सञ्चिति,व्यापार घाटाको अवस्था बारेमा सुक्ष्म अध्ययन गरीरहेको भन्दै अर्थतन्त्रमा भोलिको दिनमा आउनसक्ने अफ्ठ्यारो अवस्थालाई केन्द्रमा राखेर मौद्रिक नीतिको समिक्षा गरिएको बताउनु भयो । उहाँले राष्ट्र बैंकले लिएका नीतिगत व्यवस्थाहरुले अर्थतन्त्र लयमा आएको भन्ने विषयलाई मौद्रिक नीतिको समिक्षाले आत्मासाथ गरेको दाबी गर्नुभयो । उहाँले अन्तराष्ट्रिय परिस्थिति अझै अनिश्चित रहेकाले भोलिका दिनमा अर्थतन्त्रमा समस्या आउनसक्ने विषयलाई राष्ट्र बैंकले महशुस गरेर नीतिगत व्यवस्था त्यही अनुसार बनाइरहेको बताउनु भयो । प्रवक्ता भट्टले व्यवसायिक र औद्योगिक वातावरण तथा सर्वसाधरणहरुमा ब्याजदरको विषय उत्पन्न भएको संशयलाई सम्बोधनका विषयलाई मौद्रिक नीतिको समिक्षामा सम्बोधन गरिएको बताउनु भयो । उहाँले मौद्रिक नीतिमा वाणिज्य बैंकहरुको स्पेडदर ४.४ प्रतिशत मात्रै हुनुपर्छ भन्ने व्यवस्थालाई अब ४ प्रतिशतमा सिमित राख्नुपर्छ भनेर बाटो खुला गरेको बताउनु भयो । भट्टले विकास बैंक र वित्त कम्पनीहरुले ५ प्रतिशतको स्पेडदरलाई ४.६ प्रतिशतमा कायम गर्ने नीतिगत व्यवस्था गर्नु व्यवसायिक वातावरणलाई सहज बनाउनको लागि महत्वपूणर् निणर्य गरिएको बताउनु भयो । उहाँले मौद्रिक नीतिको समिक्षामा बैंकले जारी गरेको चालु पुँजी मार्ग दर्शन कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने संकेत गरेको बताउनु भयो ।
प्रवक्ता भट्टले बैंकहरुको ब्याजदरमा स्थायीत्व ल्याएर सन्तुलन कायम गर्नु र अर्थतन्त्रको मौलिक विशेषता र वित्तिय क्षेत्रको अवस्थालाई ध्यानमा राखेर मौद्रिक नीतिको समिक्षा आएको बताउनु भयो । उहाँले बजारमा चरम तरलता अभावको कारण बजार ब्याजदर उच्च भएको बताउनु भयो । उहाँले तरलता सहजता बनाउने माध्यम भनेको विदेशी विनिमय सञ्चिति भएको बताउनु भयो । उहाँले वाह्य क्षेत्रमा सुधार भएर शोधानान्तर स्थिति सहज हुने बित्तिकै तरलता सहज हुने बताउनु भयो । भट्टले तरलता सहज भएमा ब्याजदर पनि बिस्तारै घट्दै जाने बताउनु भयो । उहाँले बैंकको ब्याजदर बजारले नै निर्धारण गर्नुपर्छ भन्ने विषयमा राष्ट्र बैंक सहमत रहेको बताउनु भयो । उहाँले मौद्रिक नीतिको समिक्षाले बैंकको नाफा घटाउने काम भन्दा पनि बैंक तथा वित्तिय क्षेत्रको वित्तिय अवस्था बलियो हुनुपर्छ भन्ने विषयमा राष्ट्र बैंक दृढ रहेको बताउनु भयो । उहाँले बैंकहरुको वित्तिय स्थायीत्व दृढ नभई वित्तिय स्थायीत्व कायम हुन नसक्ने बताउनु भयो । भट्टले बैंकहरुले आफ्नो कार्यकुशलतालाई अभिवृद्धि गरी बैंकको लागतमा व्यवस्थापन गर्न सक्नुपर्ने सन्देश दिएको बताउनु भयो ।
उहाँले राष्ट्र बैंकले जारी गरेको चालुपुँजी कर्जा मार्ग दर्शन कार्यान्वयनमा गएको बताउनु भयो । भट्टले मार्ग दर्शनमा देखिका समस्या समाधान गर्न राष्ट्र बैंक तयार रहेको सन्देश मौद्रिक नीतिको समिक्षाले दिएको बताउनु भयो । उहाँले वाणिज्य बैंक तथा अन्य वित्तिय संस्थाहरुलाई अहिलेको परिस्थितिमा परेको समस्यालाई मौद्रिक नीतिको समिक्षाले सम्बोधन गर्ने विषय उल्लेख भएको पनि बताउनु भयो । उहाँले चालुपँुजी कर्जा मार्ग दर्शन वित्तिय क्षेत्रको वित्तिय अवस्था सुदृढ बनाउन, व्यवसायिक जगतलाई पारदर्शीता र अभिवृद्धि गर्नका लागि ल्याएको बताउनु भयो ।
प्रवक्ता भट्टले बैंकको निक्षेप भनेको सर्वसाधरणको वचत भएको भन्दै सर्वसाधरणको वचत कतै पनि दुरुपयोग हुन दिन नहुने बताउनु भयो । उहाँले बैंकको बचत राष्ट्रिय प्राथमिकताका क्षेत्रहरुमा प्रयोग हुनुपर्छ भन्ने विषयमा दृढ रहेको बताउनु भयो ।

Spread the love