समाजका विकृति र विसंगतिहरुको बिरुद्धको बिम्बको रुपमा नेपाल स्काउट हुनुपर्छ : संयोजक भण्डारी

पुष १५,काठमाडौं । नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले समाजका विकृति र विसंगतिहरुको बिरुद्धको बिम्बको रुपमा नेपाल स्काउट हुनुपर्ने बताउनु भएको छ ।

नेपाल स्काउटको ककनी अन्तर्राष्ट्रिय तालिम केन्द्रमा भएको आधारभुत स्काउट तालिममा कर्णाली प्रदेशका स्काउट प्रतिनिधिहरुलाई तालिम दिँदै संयोजक भण्डारीले समाजका विकृति र विसंगति बिरुद्धको बिम्बको रुपमा नेपाल स्काउट हुनुपर्ने बताउनु भएको हो । उहाँले समाज परिवर्तनको वाहकको रुपमा नेपाल स्काउट नउभिए देश र समाजको परिवर्तन नहुने बताउनु भयो । संयोजक भण्डारीले नेपाल स्काउटका सदस्यहरुले मानिसको सोच र चिन्तनमा परिवर्तन ल्याउनु पर्ने भन्दै यसका लागि युवा पुस्ता तयार हुनुपर्ने बताउनु भयो । उहाँले स्काउटले देशका हरेक कुनाको प्रतिनिधित्व हुने गरेर काम नगरे देशको विकास हुन नसक्ने बताउनु भयो ।

संयोजक भण्डारीले कर्णाली प्रदेशसहित देशभरका ग्रामिण तहका विद्यालयमा पनि स्काउटको शिक्षा दिइरहेको र अझै त्यसलाई सशक्त ढंगले अघि बढाउनु पर्ने बताउनु भयो ।

Spread the love