सरकारलाई असफल बनाउनु देश विदेशबाट संगठित प्रयास भइराहेकोे छ- प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असफल बनाउनु देश विदेशबाट संगठित प्रयास भइराहेकोे बताउनुभएको छ । शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध प्रेस संगठनले गरेको ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बलियो बहुमतलाई पराजित बाउनु देश विदेशका शक्तिहरु लागेको बताउँदै सरकार स्थायित्वका लागि लागेको स्पस्ट पार्नुभयो । उहाँले साधान स्रोत सम्पन्नहरुले सञ्चार क्षेत्रमा लगानी गरी सरकारलाई हमला गर्न सकृय रहेको बताउनुभयो ।

उहाँले पछिल्लो घटनाक्रमहरुलाई उल्लेख गर्दै गोकर्ण रिसोर्ट यति समूहलाई लिजमा दिने निर्णयको बचाउ समेत गर्नुभयो । उहाँले पार्टीभित्रै सरकारलाई बदनाम गराउन प्रयास भइराखेको समेत बताउनुभयो । उहाँले सरकारले गरेका कामहरुमा भ्रम सिर्जना गर्ने र विकास निर्माणका कुनै काम गर्न नदिने प्रवृति बढेको बताउनुभयो । उहाँले पार्टी भित्रैपनि कविता बाचन गरी विरोध मात्र गर्ने तर सरकारले गरेका राम्रा कामहरुमा केही बोल्न नसक्नेहरु सकृय रहेको बताउनुभयो । सरकारले असाधारण हिसाबले नयाँ नयाँ योजनाहरु ल्याएकोले विरोधीहरु सकृय रहेको बताउनुुभयो । उहाँले राजनीतिकरुपमा थुप्रै उपलब्धीहरु प्राप्त गरेको अवस्थामा अझैपनि सफलतालाई पराजित बनाउनु खतरनाक प्रयासहरु भइराखेको बताउनुभयो । उहाँले यस्ता खतरनाक प्रयासहरुलाई पराजित गरी राष्ट्रिय एकता सामाजिक सदभावमा आधारीत राष्ट्रिय एकताको भावले जित्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अव राजनीतिक स्थायित्व आएको अवस्थामा विकास निर्माणका गतिवधिले तिब्रता पाएको बताउनुभयो । उहाँले फलाम खानी निकाल्ने, तेलको लागि सर्भे गर्ने लगायतका कामहरु भइराखेको बताउनुभयो । त्यस्तै सिमेन्ट तथा फालाम निर्यात गर्ने, कृषिमा आधुनिकिकरण गर्ने र सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सञ्चालन गर्ने दिशामा सरकारल लागेको स्पस्ट पाउर्नुभयो ।

Spread the love