सरकारले जारी गरेको वैदेशिक अध्ययन स्वीकृती सम्बन्धी निर्देशिका खारेजीको माग

सरकारले जारी गरेको वैदेशिक अध्ययन स्वीकृती सम्बन्धी निर्देशिका खारेजीको माग गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधवार जारी गरेको वैदेशिक अध्ययन स्वीकृती सम्बन्धी निर्देशिका २०७९ विद्यार्थीको हीत विपरित रहेको भन्दै सरोकारवालाहरुले यो निर्देशिकाको खारेजीको माग गरेका हुन् । बिहीवार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै शैक्षिक परामर्शसँग सम्बन्धित विभिन्न संघसंस्थाहरुले सो निर्देशिका विद्यार्थी, अभिभावक र व्यवसायीको हीत विपरित आएको बताएका छन् । विद्यार्थीहरुले आफ्नो इच्छा र आवश्यकता अनुसारको शिक्षा प्राप्त गर्ने सवालमा निर्देशिका तगारो बनेको भन्दै यसलाई पूणर् रुपमा परिवर्तन गर्नुपर्ने माग गरिएको छ । शिक्षा ऐन अथवा शैक्षिक परामर्श सँग जोडिएको ऐन बनाएर त्यसैको जगमा टेकेर मात्रै निर्देशिका आउनुपर्ने ईक्यानका अध्यक्ष प्रकाश पाण्डेले बताउनु भयो । निर्देशिका सही मनशायबाट नआएको उहाँको भनाई छ ।
सरकारले जारी गरेको निर्देशिका शिक्षाको सम्बन्धमा नेपालको संविधानले गरेको व्यवस्थाको बिरुद्धमा रहेको समेत उहाँले बताउनु भयो ।

Spread the love