सरकारले राज्यका आधारभुत तहमा महिला र दलितको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने

सरकारले राज्यका आधारभुत तहमा महिला र दलितको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने बताएको छ । सरकारको आ.व. २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यका आधारभुत तहमा महिला र दलितको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने बताउनु भएको हो । उहाँले राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई प्रभावकारी बनाइने, महिला र लैंगिक तथा यौनिक अल्पसंख्यक बिरुद्ध हुने सबै प्रकारका हिंसा, शोषण, दुव्र्यवहार र भेदभाव अन्त्य गरी लैंगिक उत्तरदायी शासन प्रणालीलाई संस्थागत गर्ने नीति लिइने बताउनु भयो । राष्ट्रपति भण्डारीले । हिंसा पीडितको तत्काल उद्धार, पुनः स्थापना र परिवारमा पुनः एकीकरण तथा आर्थिक सशक्तिकरणलाई थप प्रभावकारी बनाइने पनि बताउनु भयो । त्यस्तै सरकारले दुर्गम क्षेत्रका जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यलाई थप व्यवस्थित बनाउने, बालबालिकाको हक, अधिकार सुनिश्चित गर्दै आधरभुत स्वास्थ्य शिक्षा र पोषणमा सबैको पहुँच अभिवृद्धि गर्ने भएको छ । राष्ट्रपति भण्डारीले सडक बालबालिका मुक्त नेपाल अभियानलाई निरन्तरता दिने, हिंसामा परेका, विशेष संरक्षणको आवश्यक्ता रहेका तथा अनाथ बालबालिकाहरुको संरक्षणका लागि प्रदेश तथा स्थानीय तहसँग साझेदारी सहयोग र समन्वयमा बालबालिका स्थापना केन्द्र सञ्चालन गरिने पनि बताउनु भयो ।
राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘राज्यका आधारभुत तहमा महिला र दलितको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनेछ । राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई प्रभावकारी बनाइनेछ । महिला र लैंगिक तथा यौनिक अल्पसंख्यक बिरुद्ध हुने सबै प्रकारका हिंसा, शोषण, दुव्र्यवहार र भेदभाव अन्त्य गरी लैंगिक उत्तरदायी शासन प्रणालीलाई संस्थागत गर्ने नीति लिइनेछ । हिंसा पीडितको तत्काल उद्धार, पुनः स्थापना र परिवारमा पुनः एकीकरण तथा आर्थिक सशक्तिकरणलाई थप प्रभावकारी बनाइनेछ । दुर्गम क्षेत्रका जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यलाई थप व्यवस्थित बनाइनेछ । बालबालिकाको हक, अधिकार सुनिश्चित गर्दै आधरभुत स्वास्थ्य शिक्षा र पोषणमा सबैको पहुँच अभिवृद्धि गरिनेछ । सडक बालबालिका मुक्त नेपाल अभियानलाई निरन्तरता दिइनेछ । हिंसामा परेका, विशेष संरक्षणको आवश्यक्ता रहेका तथा अनाथ बालबालिकाहरुको संरक्षणका लागि प्रदेश तथा स्थानीय तहसँग साझेदारी सहयोग र समन्वयमा बालबालिका स्थापना केन्द्र सञ्चालन गरिनेछ । बाल न्यायप्रणालीलाई प्रभावकारी बनाउँदै थप बाल सुधार गृह, निर्माण तथा मौजुदा बाल सुधार गृहको भौतिक पूर्वाधार सुदृढ गरिनेछ । ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिको संरषण गरिनेछ । ज्येष्ठ नागरिकको अधिकार संरक्षण र कल्याणकारी कार्यक्रम सञ्चालन गर्न राष्ट्रिय ज्येष्ठ नागरिक नीति तर्जुमा गरिनेछ । अपांगता भएका व्यक्तिको संरक्षण र आत्मनिर्भरताका लागि शिक्षा प्रविधि र सीपमा पहुँच वृद्धि गरिनेछ । महिला, बालबालिका, ज्येष्ठ नागरिक, आपंगता भएका व्यक्ति एवं लैंगिक तथा यौनिक अल्पसंख्यकका हीत संरक्षण र समस्या सम्बोधन गर्न प्रदेश र स्थानीय तहको सहकार्यमा जिल्लास्तरमा समन्वय इकाईको प्रवन्ध मिलाइनेछ ।’
राष्ट्रपति भण्डारीले बाल न्यायप्रणालीलाई प्रभावकारी बनाउँदै थप बाल सुधार गृह, निर्माण तथा मौजुदा बाल सुधार गृहको भौतिक पूर्वाधार सुदृढ गर्ने बताउनु भयो । उहाँले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिको संरषण गरिनेछ । ज्येष्ठ नागरिकको अधिकार संरक्षण र कल्याणकारी कार्यक्रम सञ्चालन गर्न राष्ट्रिय ज्येष्ठ नागरिक नीति तर्जुमा गर्ने, अपांगता भएका व्यक्तिको संरक्षण र आत्मनिर्भरताका लागि शिक्षा प्रविधि र सीपमा पहुँच वृद्धि गर्ने पनि बताउनु भयो । राष्ट्रपति भण्डारीले महिला, बालबालिका, ज्येष्ठ नागरिक, आपंगता भएका व्यक्ति एवं लैंगिक तथा यौनिक अल्पसंख्यकका हीत संरक्षण र समस्या सम्बोधन गर्न प्रदेश र स्थानीय तहको सहकार्यमा जिल्लास्तरमा समन्वय इकाईको प्रवन्ध मिलाउने पनि बताउनु भयो ।

Spread the love