साना लगानीका मिडियालाई राज्यले निशुल्क इन्टरनेटको व्यवस्था गरिदिनु पर्छ : अध्यक्ष बालकृष्ण बस्नेत

असोज १३,काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले साना लगानीका मिडियालाई राज्यले निशुल्क इन्टरनेटको व्यवस्था गरिदिनुपर्ने बताउनुभएको छ ।

मंगलवार नेपालमा सुचना प्रविधि प्रयोगको अवस्था र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै काउन्सिल अध्यक्ष बस्नेतले राज्यले सञ्चार माध्यमलाई सञ्चार प्रविधिमा सहुलियत दिनुपर्ने बताउनुभएको हो । उहाँले साना लगानीका मिडियालाई बचाउनका लागि राज्यले निशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

अध्यक्ष बस्नेतले अनलाईन, युट्युव जस्ता नयाँ मिडियालाई अधिकतम उपयोग गर्न र जनताको पक्षमा सुचना प्रवाह गर्नतर्फ ध्यान केन्द्रीत हुनुपर्ने बताउनुभयो ।

Spread the love