सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न सरकार तयार

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले समाजिक सुरक्षा कोष आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न सरकार लागिपरेको बताउनुभएको छ । आईतवार पाँचौ सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री कुँवरले समाजिक सुरक्षा कोष आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न सरकार काम गरिरहेको बताउनुभएको हो । उहाँले सामाजिक सुरक्षा कोषको दायरा बढाउदै कार्यविधिमा छुटेका वस्तुहरु समावेश गरी रोजगारी सिर्जना गरी सामाजिक सुरक्षा कोषसँग जोड्ने बताउनु भयो । मन्त्री कुवरले सामाजिक सुरक्षा कोषमा रहेको एक प्रतिशत करलाई सामाजिक सुरक्षा कोषमा ल्याउने गरी छलफल भइरहेको बताउनु भयो । उहाँले सामाजिक सुरक्षा योगदान गरेको रकम उत्पादन क्षेत्रमा लगानी गर्दा मात्रै मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने बताउनु भयो । मन्त्री कुँवरले कोषले प्रविधिमा आधारित गुणस्तरिय सेवा प्रवाह गर्दै कोषले संकलन रकम कुशलतापूर्वक प्रयोग गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालमा सरकार अस्थिर भएको भन्दै अब स्थिर सरकार बनाउनु आवश्यक रहेको बताउनु भयो । उहाँले दुई तिहाईको सरकार हुँदासमेत स्थिर सरकार बनाउन नसकेकाले सबैले स्थिर सरकार बनाउनको लागि गम्भिर हुन आवश्यक रहेको बताउनु भयो ।
त्यस्तै,श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन बैंक तथा उद्योगहरु अलमलमा परेको बताउनु भयो । उहाँले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन कुनैपनि क्षेत्रहरु अलमलमा पर्न आवश्यक नभएको बताउनु भयो । उहाँले अलमलमा परेका बैंकिङ क्षेत्र, रोजगारदाता उद्योग तथा प्रतिष्ठानहरुम अलमलमा रहेकाले उद्योग परिसंघ,चेम्बर र वाणिज्य महासंघसँग पनि छलफल गरिरहेको बताउनु भयो ।
उहाँले रोजगारदाताहरुले श्रमिकहरुलाई प्रात्साहन गर्नसके वार्षिक रुपमा ३ प्रतिशतले प्रष्ठिानको नाफा बढ्ने अन्तराष्ट्रिय सर्वेक्षणले देखाएको बताउनु भयो । उहाँले उद्योगहरुले नाफा कमाउँदै जाने तर श्रमिकको हीतमा काम नगर्दा देशको अर्थतन्त्रसमेत विकास हुन नसक्ने दाबी गर्नुभयो ।

Spread the love