सिप्रदीयन सहायता संस्थाद्धारा सातौं पुनर्निर्मित विद्यालय भवनको हस्तान्तरण 

मङ्सिर ७,काठमाडौं । सिप्रदीयन सहायता संस्थाद्धारा सातौं पुनर्निर्मित विद्यालय भवनको हस्तान्तरण गरिएको छ।

सिप्रदीयन सहायता संस्थाको सहकार्यमाचौतारा साँगाचोकगढी नगरपालिका– ११,सिन्धुपाल्चोक को नवनिर्मित श्री जनज्योति आधारभूत विद्यालय भवन हस्तान्तरण गरिएको हो । हस्तातन्तरण समारोहमा सिप्रदीयन सहायता संस्थाका सह–सचिब प्रभाकर मुनंकर्मी, सिप्रदीयन सहायता संस्थाका रजत श्रेष्ठ,विनोद बहादुर सिंह,विमल गौतम, रबिन श्रेष्ठ ,नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि परिषदका सदस्य ज्ञानेन्द्रप्रसाद तिमिल्सिना,स्काई लाइन आर्किटेक र निर्माण कम्पनी टक्सार अवालेको पनि उपस्थिति रहेको जनाइएको छ ।

टाटा कम्युनिटी इनिसीयटिभ ट्रष्टको आर्थिक सहयोग र टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्था सँगको साझेदारीमा  २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका सातवटा विभिन्न विद्यालयहरूको पुनर्निर्माण गरिएको र पुनर्निर्माण संगै सातवटै विद्यालयको हस्तान्तरण गरिएको सिप्रदीयनले जनाइएको छ ।

Spread the love