सुदूरपश्चिम प्रदेशको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिवद्ध

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । सुदूरपश्चिमाञ्चल सरोकार मञ्च, नेपालले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री देउवाले सो भनाई राख्नु भएको हो । उहाँले मानव संशाधनको विकास र लगानीको सुरक्षा गर्न सके सुदूरपश्चिम प्रदेशलाई मुलुकको सबैभन्दा धनी प्रदेश बनाउन सकिने धारणा समेत राख्नु भयो । प्रधानमन्त्री देउवाले भारतसँग महाकाली पारी दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनाउने सहमती भएको उल्लेख गर्दै त्यसले पनि सुदूरपश्चिम प्रदेशको विकासमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गर्नु भयो । सो बन्दरगाहले सिधैं भारतको बम्बईसँग सुदूरपश्चिमलाई जोडने र त्यसले सुदूरपश्चिम प्रदेशको विकासमा महत्वपूणर् योगदान पुर्‍याउने उहाँको भनाई थियो

प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशको विकासका लागि महाकाली नदी, पश्चिम सेती जलविद्युत परियोजनाको विकासमा विशेष ध्यान दिनुपर्ने जरुरी रहेको बताउनु भयो । उहाँले यस प्रदेशको विकासका लागि मानव संशोधनको विकासमा जोड दिनका लागि हातेमालो गरेर अघि बढन पनि सम्बन्धित सबै पक्षसँग आग्रह गर्नु भयो ।

Spread the love