सुनको मुल्यमा प्रतितोला ३ सयले गिरावट ,चाँदीको मुल्य पनि १० रुपैयाँले घटयो

कार्तिक २९,काठमाडौं । सोमबार सुनको मुल्यमा प्रतितोला ३ सयले गिरावट आएको छ । आइतबार प्रतितोला ९४ हजार ६ सयमा कारोवार भएको सुनको मुल्य सोमबार प्रतितोला ९४ हजार ३ सयमा कारोवार भइरहेको छ । सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार  ८ सयमा कारोवार भइरहेको छ ।

सोमबार चाँदीको मुल्यमा १० रुपैंयाले गिरावट आएको छ । आइतबार प्रतितोला १ हजार २ सय ९५ रुपैयामा कारोवार भएको चाँदीको मुल्य सोमबार प्रतितोला १ हजार २ सय ८५ रुपैयामा कारोवार भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love