सुनको मुल्यमा २ सयले गिरावट ,चाँदीको मुल्य स्थिर

कार्तिक २३ ,काठमाडौं । मंगलबार सुनको मुल्यमा २ सयले गिरावट आएको छ । सोमबार  प्रतितोला ९२  हजार ५ सयमा कारोवार भएको सुनको मुल्य मंगलबार प्रतितोला ९२  हजार ३ सयमा कारोवार भइरहेको छ । मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ८ सयमा कारोवार भइरहेको छ ।

मंगलबार चाँदीको मुल्यमा कुनै पनि परिवर्तन आएको छैन । सोमबार  प्रतितोला १ हजार २ सय ५० रुपैयामा कारोवार भएको चाँदीको मुल्य मंगलबार पनि प्रतितोला १ हजार २ सय ५० रुपैयामा कारोवार भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love