सुनको मुल्यमा ३ सयले वृद्धि ,चाँदीको मुल्यमा सामान्य गिरावट

पौष २७,काठमाडौं । मंगलबार सुनको मुल्यमा ३ सयले वृद्धि भएको छ । सोमबार प्रतितोला ९१ हजार ३ सयमा कारोवार भएको सुनको मुल्य मंगलबार प्रतितोला ९१ हजार ६ सयमा कारोवार भइरहेको छ । मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार १ सयमा कारोवार भइरहेको छ ।

मंगलबार चाँदीको मुल्यमा १० रुपैयाँले गिरावट आएको छ ।सोमबार प्रतितोला १ हजार २ सय २० रुपैँयामा कारोवार भएको चाँदीको मुल्य सोमबार प्रतितोला १ हजार २ सय १० रुपैँयामा कारोवार भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love