सुनको मुल्यमा ६ सयले गिरावट

असार १५,काठमाण्डौ । बुधवार सुनको मुल्यमा ६ सयले गिरावट आएको छ । मङ्गलवार प्रतितोला ९० हजार ६ सयमा कारोवार भएको छापावाला सुनको मुल्य बुधवार प्रतितोला ९० हजारमा कारोवार भइरहेको छ । बुधवार तेजावी सुनको मुल्य प्रतितोला ८९ हजार ५ सय ५० रुपैयामा कारोवार भइरहेको छ ।

बुधवार चाँदीको मुल्यमा १० रुपैयाले गिरावट आएको छ । मङ्गलवार प्रतितोला १ हजार ३ सयमा कारोवार भएको चाँदीको मुल्य बुधवार प्रतितोला १ हजार २ सय ९० रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love