सुनको मुल्य तोलामा १ हजार ३ सयले वृद्धि ,चाँदीको मुल्य पनि २० रुपैंयाले बढयो

कार्तिक २५ ,काठमाडौं । बिहिबार सुनको मुल्य प्रतितोला १ हजार ३ सयले वृद्धि भएको छ । बुधवार प्रतितोला ९२  हजार ७ सयमा  कारोवार भएको सुनको मुल्य बिहिबार प्रतितोला ९४ हजारमा कारोवार भइरहेको छ । बिहिबार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ५ सयमा कारोवार भइरहेको छ ।

बिहिबार चाँदीको मुल्य २० रुपैंयाले वृद्धि भएको छ । बुधवार  प्रतितोला १ हजार २ सय ५० रुपैयामा कारोवार भएको चाँदीको मुल्य बिहिबार प्रतितोला १ हजार २ सय ७० रुपैयामा कारोवार भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love