सुनको मुल्य प्रतितोला २ सयले वृद्धि,चाँदीको मुल्यमा १५ रुपैयाले गिरावट

मङ्सिर १२ , काठमाडौ । आइतबार सुनको मुल्यमा प्रतितोला २ सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला ९१ हजार ९ सयमा कारोवार भएको सुनको मुल्य आइतबार प्रतितोला ९२ हजार १ सयमा कारोवार भइरहेको छ । आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ६ सयमा कारोवार भइरहेको छ ।

आइतबार चाँदीको मुल्यमा १५ रुपैयाले गिरावट आएको छ । शुक्रबार प्रतितोला १ हजार २ सय २५ रुपैयामा कारोवार भएको चाँदीको मुल्य आइतबार प्रतितोला १ हजार २ सय १० रुपैयामा कारोवार भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love