सुनको मुल्य बढ्यो, चाँदीको घट्यो

असार २५, काठमाडौं । आज शुक्रवार सुनको मूल्य १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १०० रुपैयाँले बढ्दै ९२ हजार ४०० रुपैयाँ पुगेको हो ।

बिहीबार बजारमा सुन प्रतितोला ९२ हजार ३ ०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजाबी सुनको मूल्य समेत १०० रुपैयाँले नै वृद्धि हुँदै प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम भएको छ ।

तर, यता चाँदीको मूल्य भने शुक्रवार प्रतितोला ५ रुपैयाँले घट्न पुगेको छ । महासंघका अनुसार गत बुधबार प्रतितोला एक हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३०५रुपैयाँमा झरेको छ ।

 

Spread the love