सुनको मूल्य ९ सय रुपैयाले घटेर ९५ हजार ८ सयमा कारोबार

बुधबार सुनको मूल्य ९ सयले घटेर प्रतितोला ९५ हजार ८ सयमा आइपुगेको छ। मंगलबारको भन्दा तोलामा ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ। बुधबारका लागि प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएको छ।

Spread the love