सोमबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

सोमबार नेप्से परिसूचक १५.९४ अंक घटेर २ हजार ४९७.४७ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स २.४७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंकले गिरावट आएको छ । सोमबार कारोबारमा आएको २२६ कम्पनीको ३४ लाख २९ हजार कित्ता शेयर १ अर्ब ५८ करोड ४६ लाख ७१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आइतबारको तुलनामा सोमबारको कारोबार रकम बृद्धि भएको छ । आइतबार १ अर्ब ४६ करोडको शेयर कारोबार भएको थियो ।
सोमबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ । निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ भने बाँकी अन्य उपसमूहको शेयर मूल्य ० प्रतिशत भन्दा बढीले गिरावट आएको छ ।
नेप्से परिसूचकमा गिरावट आए पनि २ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य १० प्रतिशत बढेर कारोबार भएको छ । त्यस्तै इमर्जिङ्ग नेपालको शेयरमूल्य ९.१२ प्रतिशत बढेको छ । कणर्ाली डेभलपमेन्ट बैंक र प्रभु इन्स्योरेन्सको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । कारोबार रकमका आधारमा ६ करोड ३९ लाख १५ हजार रुपैयाँ बराबरको शेयर कारोबार गरेर इमर्जिङ्ग नेपाल शीर्ष स्थानमा रहेको छ । नबिल बैंकको साँढे ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

Spread the love