सोमबार यस्तो छ तरकारीको मुल्य

मङ्सिर ६,काठमाडौं । सोमबार काठमाण्डौमा आलु रातो(भारतीय) को मूल्यमा ६ रुपैयाँले गिरावट भएको छ । आइतबार प्रतिकेजी ४० रुपैयामा कारोवार भएको आलु रातो (भारतीय)को मुल्य सोमबार प्रतिकेजी ३४ रूपैयामा कारोवार भइरहेको छ । सोमबार काउली (स्थानिय)को मुल्यमा ९ रुपैयाँले बृद्धि भएको छ। आइतबार प्रतिकेजी ५५ रुपैयामा कारोवार भएको काउली (स्थानिय)को मुल्य सोमबार प्रतिकेजी ६४ रुपैंयामा कारोवार भइरहेको छ ।

सोमबार प्याज सुकेको (भारतिय)को मूल्यमा ४ रुपैयाँले गिरावट भएको छ। आइतबार प्रतिकेजी ५३ रुपैया ५० पैसामा कारोवार भएको प्याज सुकेको (भारतिय) सोमबार प्रतिकेजी ४९ रुपैया ५० पैसामा कारोवार भइरहेको छ।

आइतबारको तुलनामा सोमबार गोलभेडा सानो(टनेल)को मुल्य १० रुपैया ले वृद्धि भएको छ। आइतबार प्रतिकेजी ८० रुपैयामा कारोवार भएको गोलभेडा सानो(टनेल) सोमबार प्रतिकेजी ९० रूपैयाँमा कारोवार भइरहेको छ । सोमबार सानो गोलभेडा(लोकल्) को मुल्यमा कुनै परिवर्तन छैन ।आइतबार प्रतिकेजी ७५ रुपैयामा कारोवार भएको सानो गोलभेडा(लोकल्) को मुल्य सोमबार प्रतिकेजी ७५ रुपैयामा कारोवार भइरहेको छ।

Spread the love