सोमबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो

सोमबार सुनको मूल्य तोलाको ५ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला एक लाख ४ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । साताको पहिलो दिन आइतबार सुन तोलामा २ हजार रुपैयाँले घटेर प्रतितोला एक लाख ४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। दुई दिनदेखि घट्न थालेको सुनको मूल्य पुनः बढेको छ। चाँदीको मूल्य प्रतितोला १३ सय २० रुपैयाँमा स्थिर छ।

Spread the love