सोमवार सुनको मुल्यमा ३ सयले वृद्धि

असोज १,काठमाडौ । सोमवार सुनको मुल्यमा ३ सयले वृद्धि भएको छ । आइतवार पनि प्रतितोला ८९ हजारमा  कारोवार भएको सुनको मुल्य सोमवार प्रतितोला ८९ हजार ३ सयमा कारोवार भइरहेको छ । सोमवार तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार ८५० रुपैयाँमा कारोवार भइरहेको छ ।

सोमवार चाँदीको मुल्यमा १० रुपैँयाले वृद्धि भएको छ । आइतवार प्रतितोला १ हजार १ सय ५० रुपैयामा कारोवार भएको चाँदीको मुल्य सोमवार प्रतितोला १ हजार १ सय ६० रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love