स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको निस्कर्ष

वैशाख ४, २०७९

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं शिखर सम्मेलनले स्वास्थ्य सम्बन्धी अनुसन्धनात्मक उत्पादनलाई जनतामाझ पु¥याउनु पर्नेमा जोड दिएको छ ।

गत चैत्र २८ र २९ गते काठमाडौंमा बसेको सम्मेलनले छलफलमा उठाइएका कुरालाई नीति बनाएर स्वास्थ्यको क्षेत्रमा गरेका अनुसन्धानलाई सर्वसाधारण जनतामा पु¥याउनु पर्ने कुरामा जोड दिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले बताउनु भयो । उहाँले अब अस्पतालसम्बन्धीका अध्ययन तथा अनुसन्धानहरु हुन आवश्यक रहेको पनि बताउनु भयो । सदस्यसचिव ज्ञवालीले सम्मेलनमा विशेष गरेर क्लिनिकल ट्रायल (परीक्षण) गर्न सक्नेगरी विकास गनुपर्नेमा छलफल भएको पनि बताउनु भयो । उहाँले छलफलमा नेपालमा भएका जडिबुटीहरुलाई नेपालमै औषधि उत्पादन गरेर कसरी विश्व बजारमा पु¥याउन सकिन्छ भन्ने कुरामा पनि विशेष जोड दिइएको बताउनु भयो । सदस्यसचिव ज्ञवालीले मुलुकलाई समृद्धितर्फ लैजानको लागि सहज परीक्षणको व्यवस्था हुनुपर्ने बताउनु भयो । उहाँले सम्मेलनमा स्वास्थ्य सम्बन्धी अध्ययन, अनुसन्धानको विषयलाई संघीय स्तरमा लैजानु पर्ने र चाँडो जनताका आवश्यक्तालाई अध्ययनका उत्पादित सामग्रीले परिपूर्ति गर्न सक्नुपर्ने पनि बताउनु भयो । उहाँले संघीय स्तरमा स्वास्थ्य सेवा प्रणालीको सुदृढिकरण, प्रादेशिक तथा स्थानीय स्वास्थ्य सेवा र यसको अवसर तथा चुनौतिका बारेमा छलफल भएको पनि बताउनु भयो । सदस्यसचिव ज्ञवालीले तीव्र गतिमा जनताका आवश्यक्तालाई सम्बोधन गर्न अध्ययन, अनुसन्धानको स्तरवृद्धि गर्नका लागि संघीय प्रणालीबाट जान आवश्यक रहेको पनि बताउनु भयो ।

सदस्यसचिव ज्ञवालीले भन्नुभयो, ‘हामीले दिएका रिसर्चका फाइण्डिङबाट मुलुकमा स्वास्थ्य नीति परिवर्तन गर्ने दिशामा हामी कति उन्मख हुन सक्छौँ र जनताको आवश्यक्ता कति पूरा हुनसक्छ ? भन्ने कुरामा छलफल गरायौँ । हामीलाई विभिन्न देशबाट प्रतिक्रियास्वरुप यसरी छलफल गराएका विषयवस्तुहरु पोलिसीमा ल्याउने गरेर कसरी लान सक्नुहुन्छ ? समिट मात्रै हो यो वा नीति बनाएर लैजन सक्नुहुन्छ ? भन्ने प्रश्न थियो । हामीले यसलाई नीति बनाएर लैजानुपर्ने दिशामा जानुपर्नेछ । हामीले अस्पताल बेशका रिसर्चहरु अब हामीलाई आवश्यक पर्छ । त्यस दिशातर्फ हामी जानुपर्छ । क्लिनिकल ट्रायल, रेन्डिमिक ट्रायलहरुको जुन रिसर्चका पावरहरु छन्, त्यो दिशामा जानुपर्छ भन्ने हिसावले क्लिनिकल पार्टको क्षेत्रमा हामीले जोड दिन खोज्यौँ । अर्को भनेको नेपालमै उत्पादन भएका औषधिहरु जडिबुटी लगायतका कुराहरु प्रयोग गरेर वा विदेशी टेक्नोलोजी ल्याएर वैज्ञानिकहरुको सहयोगमा नेपालमा फार्मस्टिकलको रिफर्म कसरी गर्न सकिन्छ ? औषधि अध्ययन अनुसन्धानका कुरालाई लिएर फार्मस्टिकल कुरामा रफर्म वा रिभोल्व कसरी ल्याउन सकिन्छ भनेर छलफल गरेका छौँ । त्यसमा पनि गहन छलफल भयो । मुलुकमा समृद्धितर्फ लानको लागि विकास र सहज परीक्षणका कुराहरु महत्वपूर्ण छन् । नेपालमै क्लिनिकल स्टडी, ल्याब टेस्टको स्टडी लगायत क्लिनीकल ट्रायल नै हामी गर्न सक्छौँ । हामीले हाम्रा जडिबुटीबाट औषधि उत्पादन गर्नूपर्छ र मुलुकमा समृद्धि ल्याउनुपर्छ भन्ने कुरामा छलफल भयो । हामीले छलफलमा रोगहरुको भारदेखि लिएर कोभिड १९ को व्यवस्थापनका कुरा र पेण्डामिक सिच्वेशनलाई कसरी ह्याण्डिल ग¥यौं भनेर छलफल गरेका छौँ । मुलुकले स्वास्थ्य स्थितिलाई समेट्ने गरी सर्वसाधरणमा कसरी स्वास्थ्यलाई पु¥याउने भन्ने कुराको छलफल भएको छ । संघीय संरचनामा स्वास्थ्य प्रणालीको सुदृढिकरण, प्रादेशिक तथा स्थानीय स्वास्थ्य सेवा र यसको अवसर तथा चुनौतिका बारेमा छलफल गरेका छौँ । हामीले केन्द्र तहदेखि नगरतहसम्म प्रदेशको कुराहरुस्ँग पनि जोड्यौँ । हामीले छलफलमा प्रदेशको हिसावले सचिवको उपस्थिति गरायौँ । संघीय सरकारको तर्फबाट पनि कुरा सुन्यौँ । उहाँहरु सबैको कुरा रिसर्चका कुराहरुलाई अब केन्दमा मात्रै राखेर जाने नभइ प्रदेश र स्थानीय सरकारको तहमा गएर काम गर्नुपर्छ भन्ने निस्कर्ष आएको छ । संस्थालाई मजबुत बनाउने कुरा, क्षमता वृद्धि विकास गर्ने कुराहरु प्रादेशिक र स्थानीय तहसँग जोडिएर गर्न सकिने भएकोले पनि संघीय प्रणालीमै गएर हामीले रिसर्चका कुरालाई अघि बढाउन जरुरी छ ।’

सदस्यसचिव ज्ञवालीले अनुसन्धान परिषद्लाई काम गर्न नसकेको भनेर मिथ्या आरोप लगाउन खोज्नु गलत भएको बताउनु भयो । उहाँले नेपालमा केहि नीतिगत र कानूनी अड्चनको कारणले क्लिनिकल ट्रायल गनर्,े उपयुक्त ल्याब तथा परीक्षण केन्द्र नहुँदा कोरोनाबिरुद्धको भ्याक्सिन उत्पादन गर्ने लगायतका कुरामा पछि परेको बताउनु भयो । कोरोनाकालमा गर्न सकिने धेरै अध्ययन अनुसन्धान हुन नसके पनि सदस्यसचिव ज्ञवालीले अहिले अनुसन्धान परिषद्मा बजेटको हिस्स बढेको र केहि नीतिगत सुधार भएकोले आगामी दिनमा यसले गति लिने बताउनु भयो । अनुसन्धान परिषद् कार्यप्रगतिले पनि नेपालीहरुको मन जित्नेमा विश्वस्त रहेको बताउनु भयो । उहाँले अबका दिनमा अन्तर्राष्ट्रिय स्तरका विज्ञहरु नेपालमा काम गर्न आउने वातावरण बनिरहेकोले वैज्ञानिकहरुको पुस्ता बढ्दै जाने पनि बताउनु भयो । सदस्यसचिव ज्ञवालीले मुलुकमा रिसर्चका माध्यमबाट धेरै काम गर्न सकिन्छ भन्ने कुराको अवगत भएको पनि बताउनु भयो ।

सदस्यसचिव ज्ञवालीले भन्नुभयो, ‘म आएपछि कामहरु धेरै नै भएका छन् । ४ जना कर्मचारी राखेर काम गरिरहेको ठाउँमा २३ जना बनाएर काम अघि बढेको छ । हामीलाई भर्ती केन्द्र बनाइयो भनेर आरोप लगाउँछन्, हामीसँग बजेटको आकार बढेको छ । दातृ निकायले सहयोग गर्ने हिसावमा काम गरौँ भन्ने कुरा आइरहेको छ । अब यो मुलुकमा रिसर्चका माध्यमबाट धेरै काम गर्न सकिन्छ भन्ने कुरा थाहा पायौँ । अब वैज्ञानिकहरुको जेनेरेशन बढ्दै जाने र अन्तर्राष्ट्रिय स्तरका विज्ञहरु हामीसँग काम गर्न आउने वातावरण बन्दैछ । हामीले यो समिटबाट यो कुरा देखाइसकेका छौँ । यो समिट १० लाख मानिसले भिजिट गरेका छन् । हामी कमजोर छैनौँ तर टेक्नोलोजीमा भने कमजोर छौँ । ट्रेनिङ पार्टमा हामी कमजोर छौँ । हामीसँग रिसर्चका लागि बजेट कम छ । हामीले रिसर्चरहरु एक ठाउँमा ल्याएर गर्न सकेका छैनौँ । अब यो मुलुकलाई रिसर्च माध्यमबाट जानको लागि ऐन लगायतका कुराहरु सोच्नुपर्छ ।’

सदस्यसचिव डा. ज्ञवालीले आठौं सम्मेलनमा करिव १० लाख (अनलाइन र भर्चुवल माध्यमबाट) अनुसन्धानकर्ताहरुले सम्मेलनमा सहभागी बनेको र आगामी दिनमा अनुसन्धानप्रतिको चासो बढ्दै जाने कुरामा विश्वस्त रहेको बताउनु भयो । उहाँले नेपालमा अध्ययन, अनुसन्धानका लागि टेक्नोलोजीको कमी रहेको र अभ्यास परीक्षणका कुराहरुको कमी भएकोले यसलाई बढाउन सके अनुसन्धानको क्षेत्रमा उल्लेख्य प्रगति हुने विश्वास व्यक्त गर्नुभयो ।

नोटः यो समाचार सामग्रि न्युज एनेन्सी नेपालले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीसँग गरिएको संवादको आधारमा तयार गरिएको हो ।

Spread the love