स्वास्थ्य बीमा वापतको रकम भुक्तानीको विषयमा चिन्ता लिन आवश्यकता छैन ः स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले अस्पतालहरुले स्वास्थ्य बीमा बापतको रकम भुक्तानीको विषयमा चिन्ता लिन आवश्यकता नभएको बताउनुभएको छ । सोमवार नेपाल उद्योग वाणिज्य महसंघले काठमाडौंमा स्वास्थ्य बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री खापुङले स्वास्थ्य बीमा राज्यको कार्यक्रम भएकाले अस्पतालहरुले स्वास्थ्य बीमा बापतको रकम भुक्तानीको विषयमा चिन्ता लिन आवश्यकता नभएको बताउनुभएको हो । उहाँले अहिले स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्नको लागि मन्त्रालय तयार रहेको पनि बताउनु भयो । मन्त्री खापुङले स्वास्थ्य बीमा बापतको रकम भुक्तानीको लागि सरकारी र निजी अस्पतालहरुका कमि कमजोरी देखिएको बताउनु भयो । उहाँले स्वास्थ्य बीमा गर्ने व्यक्तिहरुले समेत बीमा गरेकै छु भनि आवश्यकता भन्दा बढी प्रयोग गर्न खोजेकाले पनि समस्या आएको गुनासो गर्नुभयो । मन्त्री खापुङले स्वास्थ्य बीमा कार्यक्रमको उदेश्य अनुसार सत्यतथ्यमा आधारित भएर अगाडि बढ्नुपर्ने आवश्यकता देखिएको बताउनु भयो । उहाँले सरकार स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित बनाएर सबै जनतामा पुर्‍याउने र बीमा रकम वृद्धि गर्ने विषयमा राज्यमन्त्रीको नेतृत्वमा सुझाव कार्यदल बनाएर अगाडि बढेको जानकारी दिनुभयो ।
मन्त्री खापुङले अस्पतालहरुमा डाक्टरको अभाव रहेको बताउनु भयो । उहाँले अस्पतालहरुको डाक्टरहरुको अभाव रहेपनि धेरै डाक्टरहरु बेरोजगारी पनि रहेको बताउनु भयो । मन्त्री खापुङले धेरै डाक्टरहरु मन्त्रालयमा एमबीबीएस,डेण्टलमा विशिष्टता हासिल गरे तर बेरोजगार रहेको भन्दै मन्त्रालयमा आउने उहाँहरुलाई दुर्गम क्षेत्रमा काम गर्न जाँदा कोही तयार नभएको गुनासो गर्नुभयो ।
मन्त्री खापुङले काठमाडौंमा डाक्टर अत्याधिक भएपनि काम केही नभएको बताउनु भयो । उहाँले दरबन्दी र काम नभएको आर्यघाटमा समेत ७ जना डाक्टर रहेको बताउनु भयो ।

Spread the love