हालसम्म २ लाख ३० हजारभन्दा बढी विद्युतिय राहदानी जारी

सरकारले हालसम्म २ लाख ३० हजारभन्दा बढी विद्युतिय राहदानी जारी गरेको बताएको छ । बिहीबार परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले हालसम्म २ लाख ३० हजार ५२७ थान विद्युतिय राहदानी जारी भइसकेको जानकारी दिनुभएको हो । उहाँले ६९ जिल्ला प्रशासन कार्यालय, १४ वटा इलाका प्रशासन कार्यालय र २३ वटा कुटनीतिक नियोगहरुबाट विद्युतिय राहदानी जारी कार्य भइरहेको बताउनुभयो । राहदानी सम्बन्धी कामलाई अझ व्यवस्थित बनाउन राहदानी विभाग र परराष्ट्र मन्त्रालय लागि परिरहेको उहाँले बताउनुभयो । उहाँले राहदानी विभागमा संग्रहालय स्थापना गर्ने कार्य अन्तिम चरणमा पुगेको पनि बताउनुभयो ।

Spread the love