हिमालयन हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप

बैशाख २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हिमालयन हाइड्रोपावर लिमिटेडले आईपीओमा आवेदन दिने म्याद थप गरेको छ। आईपीओमा अब जेठ १६ गतेसम्म आवेदन दिन सकिने भएको छ।
आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि निष्काशन गरेको शेयर कम्पनीले विद्यमान जारी पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८.२२ प्रतिशत शेयर निष्काशन गरेको हो।
प्रतिशेयर १०० अंकित मूल्यका ९ लाख कित्ता साधारण शेयर निष्काशन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

Spread the love