२० लाख धरौटी बुझाएपछि रिहा भए राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने धरौटीमा रिहा भएका छन् । उच्च आदालत पाटनले दिएको आदेशपछि २० लाख रुपैयाँ धरौटी बुझाएर उनी आज (शुक्रवार) काठमाडौं जिल्ला अदालतबाट रिहा भएका हुन् । उच्च अदालत पाटनले दिएको आदेश पालना गर्ने प्रतिवद्धतासहित उनलाई शुक्रवार दिउँसो थुनामुक्त गरिएको हो । उनले अबको कानूनी प्रक्रिया बाहिरबाटै लड्नेछन् । सन्दीपलाई धरौटीमा छोड्ने आदेश गर्दा अदालतले उनलाई विदेश जान रोक लगाएको छ भने पीडित र मुद्दाबारे कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय, सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जालमा कुनै टिकाटिप्पणी गर्न पनि निषेध गरेको छ । सन्दीप थुनामुक्त भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनका वकील सरोजकृष्ण घिमिरेले सन्दीपको अनुपस्थितिमा नेपालको क्रिकेट धराशायी भएको अवस्थालाई मध्यनजर गरी क्यानले पुनः सन्दीपलाई क्प्तानी दिनेमा विश्वस्त रहेको बताउनु भयो । उहाँले सन्दीप शारीरिक रुपमा ठिक रहेको मानसिक रुपमा काउन्सिलिङमा रहने स्पष्ट पार्नुभयो ।
बिहीवार न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छोड्न आदेश दिएको थियो ।

Spread the love