८ दशमलब ४८ अंकले झर्यो नेप्से, ५ अर्ब माथिको शेयर कारोवार

असार २०, काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से सूचक ८.४८ अंकले घटेर २८३४.५१ को बिन्दुमा पुगेको छ ।

आज ५ अर्ब ०५ करोड ३५ लाख ३८ हजार २ सय ५७ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २२४ कम्पनीको १ करोड ८ लाख ४२ हजार २ सय २१ कित्ता शेयर खरिद विक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।

आज होटेल र पर्यटन, म्युचुअल फण्ड र अन्य समूहको समूहगत सूचक बढेको छ भने बाँकी सबैको समूहगत सूचक घटेको छ । होटेल र पर्यटन समूहको सूचक सर्वाधिक बढी २.३६ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको सूचक सवौधिक बढी १.७६ प्रतिशतले घटेको छ ।

आज नेपाल इन्योरेन्स कम्पनीको सर्वाधिक बढि २१ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने नेपाल दुरसञ्चार कम्पनीको १९ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज ४१ कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ कम्पनीको सेयर मूल्य घटेको छ ।
साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक ८ दशमलव ४८ अंकले घटेर २ हजार ८३४ दशमलव ५१ विन्दुमा झरेको छ ।

विहीवार २ हजार ८४३ विन्दुमा बन्द भएको बजार आइतवार शून्य दशमलव ३० अंकले तल झरेको हो । यस दिन २ हजार ८५२ दशमलव २४ विन्दुदेखि खुला भएको बजार २ हजार ८५७ दशमलव ७५ विन्दुसम्म पुगेको थियो । गत साताको कारोबारमा अघिल्लो सातामै स्थिर रहेको बजार यो साताको पहिलो कारोबार दिन झिनो अंकले बजार घटेको हो ।

आइतवारको बजारबाट होटल्स तथा पर्यटन समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यो दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २ दशमलव ३६ प्रतिशत बढेको छ । त्यस्तै अन्य समूहको शून्य दशमलव ६९ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव १ प्रतिशतले यो दिन परिसूचक बृद्धि हुँदा अन्य समूहको परिसूचक भने घटेको छ ।

यस दिन वित्त समूहको परिसूचक सर्वाधिक १ दशमलव ७६ प्रतिशतले, विकास बैंकको १ दशमलव शून्य ४ प्रतिशतले बैंकिङको शून्य दशमलव ३६ प्रतिशत, व्यापारिकको शून्य दशमलव ४८ प्रतिशत, जलविद्युतको शून्य दशमलव १२ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ८५ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ४१ प्रतिशत, लघुवित्तको शून्य दशमलव ५ प्रतिशत, जीवन बीमाको शून्य दशमलव २६ प्रतिशत र लगानी समूहको शून्य दशमलव ४२ प्रतिशत परिसूचक घटेको हो ।

आइतवार गुडवील फाइनान्सको ऋणपत्रको मूल्य सर्वाधिक १० प्रतिशतले वृद्धि भएको छ । १२% गुडवील फाइनान्स लिमिटेड डिबेन्चर २०८३ को मूल्य प्रतिऋणपत्र रू. १०५ ले वृद्धि भई रू. १ हजार १५५ कायम भएको हो ।

यस दिन सर्वाधिक मूल्य बढ्ने पाँच ओटा कम्पनीभित्र गुडवील फाइनान्सको ऋणपत्रसँगै ओरियण्टल होटल, सीईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी, कर्पोरेट डेभलपमेण्ट बैंक र नेपाल फाइनान्स रहेका छन् ।

ओरियण्टल होटलको ८ दशमलव ४७ प्रतिशतले बढेर अन्तिम मूल्य ७३० रुपयाँ, सीईडीबी हाइड्रोको ७ दशमलव २५ प्रतिशतले बढेर अन्तिम मूल्य ६२१, कर्पोरेट डेभलपमेण्ट बैंकको ६ दशमलव १६ प्रतिशतले बढेर अन्तिम मूल्य ७७६ र नेपाल फाइनान्सको ४ दशमलव शून्य ३ प्रतिशतले बढेर अन्तिम मूल्य ४९१ रुपयाँ कायम भएको हो ।

झिनो अंकले घटेको आइतवारको बजारमा रू. ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार बराबरको १ करोड ८ लाख ४२ हजार २२१ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २२४ ओटा कम्पनीको ६० हजार १७५ पटकको व्यापारमा भएको हो । अघिल्लो कारोबार दिनको तुलनामा आइतवार कारोबार रकम पनि कम भएको हो ।

गत बिहीवार रू. ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार बराबरको ३ करोड २८ लाख ३८ हजार ९९३ कित्ता शेयर कारोबार भएको थियो । आइतवार सर्वाधिक रकमको शेयर कारोबार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ ।

यस कम्पनीको रू. २१ करोड ५७ लाख १६ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयरमूल्य भने ३ दशमलव २७ प्रतिशतले घटेर अन्तिम मूल्य रू. १ हजार १२५ कायम भएको छ ।

 

 

 

Spread the love