त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिवार बुद्धको मुर्ति स्थापना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिवार बुद्धको मुर्ति स्थापना गरिएको छ । सरकारले विमानस्थललाई बुटिक एयरपोर्टको रुपमा विकास गर्ने योजना अनुसार एयरपोर्ट भित्र बुद्धको मुर्ति स्थापना गरिएको हो । भ्रमण वर्षको प्रवद्र्धन र पर्यटकलाई बुद्धको देश भनेर चिनाउन पनि यसले सघाउ पु¥याउने छ ।

शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले यो मुर्तिको अनावरण गर्नुभएको हो । भ्रमण वर्ष २०२० को शिलशिलामा विमानस्थललाई बुटिक एयरपोर्ट बनाई नेपालको संस्कृति, र मौलिकता झल्कने खालका विभिन्न वस्तुहरु विमानस्थलमा राखिएका छन् । सोही अनुसार नै एयरपोर्टमा जहाजबाट झरेपछि बाहिर निस्कने बाटोमा देखिनेगरी बुद्धको मुर्ति स्थापित गरिएको मन्त्री भट्टराईले जानकारी दिनुभयो । मन्त्री भट्टराईका अनुसार बुद्धको मुर्ति निर्माण गर्न ७० लाख रुपैयाँ लागत लागेको छ भने करिब २४ लाख रुपैयाँ बराबरको सुनको जलप लगाइएको छ । मुर्ति ललितपुर पाटनका मिर शाक्यले निर्माण गर्नुभएको हो । विमानस्थलमा मुर्ति स्थापनापछि बुद्धको देश नेपालमा आइयो भन्ने अनुभुति हुने र यसले छुट्टै किसमको आनन्द अनुभुति हुने समेत उहाँले बताउनुभयो । पर्यटनकहरुले बुद्धसँगै बसेर फोटो लिन सक्ने भएकाले भ्रमण वर्ष २०२०को प्रवद्र्धनमा पनि यसले सहयोग पु¥याउने उहाँले बताउनुभयो ।

एक वर्ष अघि देखि बुटिक एयरपोर्टको काम शुरु भएको थियो । एयरपोर्टमा एकसिंगे गैंडा, रेडपाण्डा, गणेश, मयुर, डाँफे लगायतका मुर्तिहरु राखिएका छन् । अझैपनि बुटिक एयरपोर्टको निर्माणका काम सम्पन्न भइनसकेको नागरिक उडड्यन प्राधिकरणका महाप्रवन्धक राजन पोखरेलले जानकारी दिनुभयो । उहाँले अझै नेपाली कलात्मक तथा मौलिकता झल्कने खालका कामहरु गर्न बाँकि रहेको बताउनुभयो ।  पर्यटन वर्षको सुरुवातसँगै विमानस्थलमा बुद्धको मुर्ति राख्दा विमानस्थलको सुन्दरता बढ्ने मात्र नभई भगवान बुद्धको जन्मस्थलको बारेमा फैलाइएको विभिन्न भ्रमहरुलाई चिर्दै बुद्धको जन्म नेपालमा भएको हो भन्ने सन्देश पनि दिने छ ।

Spread the love