कृषि बीमाका लागि बीमा समितिले तोक्यो जिल्ला

बीमा समितिले र्निजीवन बीमा कम्पनीहरुलाई जिल्ला तोकेर बाली तथा पशुपन्छी बीमाका लागि काम गर्न निर्देशन दिएको छ बाली तथा पशुपन्छी बीमा व्यववसायलाई प्रवद्र्धन गर्नको लागि बीमा समितिले सबै जिल्लामा कम्तीमा एक बीमा कम्पनीको उपस्थिति अनिवार्य गर्न जिल्ला तोकेरै कम्पनीहरुलाई सेवा विस्तार गर्न निर्देशन दिएको हो । बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईले ७५ जिल्लामा तोकेरै बीमा कम्पनीहरुलाई जान निर्देशन दिएको बताउनुभयो । काठमाडौं र भक्तपुरमा भने सबै कम्पनीले आफ्नो इच्छा अनुसार सेवा विस्तार गर्न सक्ने छन् । उहाँले नेपालमा रहेका २० वटा र्निजीवन बीमा कम्पनीको व्यवसाय विस्तार र सरकारले किसानहरुलाई दिने बीमा अनुदानको प्रभावकारी कार्यान्वयनका लागि समितिले यस्तो निर्देशन दिएको बताउनुभयो ।
त्यस्तै समितिले बीमा कम्पनीहरुलाई गाउँगाउँमा घुम्ती सेवा मार्फत कृषि, बाली तथा पशुपन्छी बीमा सम्बन्धी सेवा उपलब्ध गराउन समेत निर्देशन दिएको छ । समितिले गाउँगाउँमा कार्यालय खोलेर सेवा दिन उपयुक्त नभएमा स्थानीय तहसँग सहकार्य गरी बीमाको सुविधा दिने अभियान नै सञ्चालन गरिएको अध्यक्ष चापागाईले बताउनुभयो । तोकिएको जिल्लामा अनिवार्य घुम्ती सेवा उपलब्ध गराउन पनि समितिले सबै बीमा कम्पनीलाई निर्देशन दिइसकेको छ । अध्यक्ष चापागईले यसबाट कृषि बीमाको पहुँच सबैठाउँमा पुग्ने र सरकारले कृषिका लागि दिएको बीमा अनुदानको उपयोग हुने समेत बताउनुभयो । यो अभियानले बीमको पहुँच बढ्ने समेत बताउनुभयो । सरकारले कृषि तथा पशुपक्षीं बीमामा प्रिमियमको ७५ प्रतिशत अनुदान दिदै आएको छ ।

कुन बीमा कम्पनी कुन जिललामा
बीमा कम्पनी                                                               छनौट भएका जिल्लाहरु
नेपाल इन्स्योरेन्स कम्पनी लि.                                 दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर
राष्ट्रिय बीमा कम्पनी लि.                                        बझाङ्, डोटी, कैलाली
यूनाईटेड ईन्स्योरेन्स कम्पनी (नेपाल) लि.                  हुम्ला, बाजुरा, अछाम
एभरेष्ट इन्स्योरेन्स कम्पनी                                      कालिकोट, दैलेख, सुर्खेत, बर्दिया
सगरमाथा इन्स्योरेन्स कम्पनी                                 मुगु, जाजरकोट, जुम्ला
एन एल जी इन्स्योरेन्स लि.                                     डोल्पा, प. रुकुम, सल्यान, बाँके
प्रभु इन्स्योरेन्स लि.                                              मुस्ताङ, म्याग्दीm बाग्लुङ, स्याङ्जा
सिद्धार्थ इन्स्योरेन्स लि.                                         मनाङ, कास्की, पाल्पा, रुुपन्देही
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि.                          गोरखा, लमजुङ, तनहुँ, परासी
शिखर इन्स्योरेन्स कम्पनी लि.                               चितवन, मकवानपुर, धादिङ, नुवाकोट
हिमालयन जनरल इन्स्योरेन्स क. लि.                     सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, बारा
प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लि.                 दोलखा, रामेछाप, सिन्धुली, सर्लाही
आइएमई जनरल इन्स्योरेन्स लि.                          सोलुखुम्बु, ओखलढुंगा, महोत्तरी, धनुषा
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि.                 संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर
नेको इन्स्योरेन्स लि.                                          ताप्लेजुङ, पाँचथर, इलाम, झापा
दि ओरिएण्टल इन्स्योरेन्स कम्पनी लि.                  धनकुटा, सुनसरी, तेह्रथुम, सप्तरी
नेशनल इन्स्योरेन्स कम्पनी लि.                              रोल्पा, प्युठान, दाङ, अर्घाखाची
सानिमा जनरल इन्स्योरेन्स लि.                             कपिलवस्तु, नवलपुर, मोरङ
जनरल इन्स्योरेन्स कम्पनी लि.                             रसुवा, सिरहा, पर्सा
अजोड इन्स्योरेन्स कम्पनी लि.                             गुल्मी, पर्वत, पूर्वी रुकुम, रौतहट
काठमाडौं र भक्तपुर जिल्लामा सबै बीमा कम्पनीहरुलाई तोकिएको

Spread the love