वागमती कोरिडोर अन्तर्गत पर्ने जग्गा पिडितको छानविन गरी मुआब्जा वितरण गर्न निर्देशन

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिलले वागमती कोरिडोर अन्तर्गत पर्ने जग्गा पिडितको छानविन गरी मुआब्जा वितरण गर्न सरकारलाई निर्देशन दिएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै समितिका सभापति पूर्णकुमारी सुवेदीले वास्तविक पिडित जसको हातमा लालपुर्जा छ र सरकारलाई तिरो तिर्दै आएको छ उसलाई क्षतिपूर्ति तथा मुआब्जा दिन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको बताउनुभयो । उहाँले समितिले लामो समय अध्ययन गरेपछि प्रतिवेदन तयार पारेको र सोही प्रतिवेदनका आधारमा वास्तविक पिडितको पहिचान गरी मुआब्जा तथा क्षतिपूर्ति दिन निर्देशन दिएको बताउनुभएको हो । उहाले भन्नुभयो समितिको धारणा के छ भने जो पिडित छ त्यसले न्याय पाउनुप¥यो, जो पिडित छैन जसले दावी मात्रै गरेको छ भने पनि छानविन हुनु प¥यो र मन्त्रालयले एउटा प्रकृयाबाट छानविन गरेर पिडितलाई न्याय दिन प¥यो । पिडितलाई जुन वास्तविक पिडितको जग्गा बागमतिमा छ र उसको हातमा लालपुर्जा छ, उसले तिरो तिरेको छ भने उसलाई एउटा प्रकृयाबाट क्षतिपूर्ति मुआब्जा दिनुपर्छ भनने निष्कर्षमा समिति पुगेको र सहरी विकास मन्त्रालयलाई हामीले त्यही खालको निर्देशन दिएका छौं ।’
समितिले बैठकमा सहरी विकास राज्य मन्त्री रामविर मानन्धर र अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतलाई बोलाई जग्गा सम्बन्धी विवाद समाधान गर्न छलफल गरेको थियो । बैठकमा सहरी विकास राज्य मन्त्री रामविर मानन्धरले बागमति करिडोरमा १८८ रोपनी ५ आना ३ दामको जग्गामा विवाद रहेको जानकारी दिनुभयो । उहाँले २०५६ सालमा भएको यस क्षेत्रको नयाँ नापि पछि उक्त जग्गा खोलाको बाहिरि भागमा रहेको देखिने बताउँदै सोही जग्गाको मुआब्जा आफुहरुले नपाएको भन्दै स्थानीयको गुनासो रहेको बताउनुभयो । उहााले मुआब्जाको लागि कसरी वितरण गर्ने भन्ने निर्देशन दिएमा काम गर्न सजिलो हुने समेत बताउनुभयो । उहाले समितिको प्रतिवेदन राम्रो आएको र सोही अनुसार निर्देशन दिएमा समस्या समाधान हुने बताउनुभयो । बैठकमा अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतले जग्गा विवादमा देखिएका समस्याहरुका विषयमा समितिलाई जानकारी गराउनुभएको थियो ।

Comment here